साताको तस्वीर : लोप हुँदै गुन्द्री ।

बागलुङ । पहिले पहिले बुहारी माईतीबाट घरमा आउँदा गुन्द्री समेत बोकेर आएको देखिन्थ्यो । धान काटेपछी सबैको घर/आगन र पारिलो ठाउँमा बाबियाको डोरी बाटीओरी तान हालेर महिलाहरु पार तापेर परालको गुन्द्री बुन्दै गरेका दृश्यहरु देख्न पाईन्थ्यो, तर अहिले त्यो दृश्य बिरलै देख्न पाईन्छ ।

परम्परागत हिसाबले गुन्द्री बुन्दा समय(परिश्रम)धेरै लाग्ने, महंगो पर्ने हुनाले पनि गुन्द्री बुन्ने प्रचलनमा कमी आएको महिलाहरु बताउछन । अर्कोतिर बजारमा पाईने हलुका र चिटिक्क परेका गलैँचा (कार्पेट) छ्याप्छ्याप्ती पाईने भएपछी गुन्द्री बुन्ने टन्टो तिर ध्यान जान छोडेको महिलाहरुको भनाई छ ।प्लास्टिकको चकटी र गुन्द्रीले परालका गुन्द्रीलाई विबस्थापित गरेको गृहिणीको सोँचाई छ ।

बागलुङ जिल्लाको दक्षिण भेगमा एक महिला तानमा गुन्द्री बुन्दै गरेको दृश्य । तस्वीर- किरण आचार्य/इबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *