Menu

तमानमा तीन दिने सहकारी शिक्षा तालिमको उदघाटन

बसन्त घर्ती मगर, तमान २०७५ बैशाख २२ । तमानखोला गाउँपालिको आर्थिक सहयोग, सहकारी शिक्षा कार्यक्रम उपभोक्ता समिती तमानखोला गाउँपालिका ३, तमान, बागलुङको आयोजना र युवा जागरण कृषि सहकारी संस्था लिमिटेड, तमानखोला गाउँपालिका ३, तमान, बागलुङको समन्वयमा ३ दिने सहकारी शिक्षा कार्यक्रम २०७५ को उदघाटन प्रमुख अतिथी तमान खोला गाउपालिका अध्यक्ष जोकलाल बुढामगरले गरेका छन् ।
सम्पन्न भएको छ ।

सहकारी शिक्षा कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको अध्यक्षता र युवा जागरण कृषि सहकारी संस्थाका सचिव रोहित बुदा मगरको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा युवा जागरण कृषि सहकारीका प्रबन्ध निर्देशक झक बहादुर बुढा मगर, तमानखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गिर बहादुर घर्ती मगरले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ, बागलुङ्का सचिव, लखन बहुउद्देश्यीय सहकारी संस्था, बागलुङका कोषाध्यक्ष एवं अधिवक्ता तेजेन्द्र थापा मगर , इ(सप बागलुङ एवं कोसिस सफ्टवेयर धवलागिरिका संयोजक मनोज श्रेष्ठ र तमानखोला गाउँपालिकाका लेखापाल याम बहादुर थापा मगरले शेयर सदस्य, संचालक समिती, बचतकर्ता एवं विभिन्न सामाजिक संघरसंस्थाका अध्यक्ष, कोषाध्यक्ष र प्रतिनिधिहरुलाई दिनभर तालिम दिएका थिए । कार्यक्रम भोलि सम्म तीन दिन चल्ने आयोजकले जनाएको छ ।
ग्लअभि लबmबकपबच

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *