Menu

धौलागिरी यातायात बस, जीप र ट्याक्सी व्यवसायी समितिहरुका अध्यक्षहरु प्रहरी नियन्त्रणमा !

बागलुङ २०७५ बैशाख २१ । जिल्ला प्रहरी कार्यालय बागलुङले सिण्डिकेटको समर्थनमा यातायात बन्द आव्हान गर्ने केहि यातायात व्यवसायीहरुलाई नियन्त्रणमा लिएको छ । बागलुङमा यातायात बन्दको समर्थनमा सवारी नचलाउने धौलागिरी यातायात बस व्यवसायी समिति, धौलागिरी जीप व्यवसायी समिति र धौलागिरी ट्याक्सी व्यवसायी समितीका अध्यक्षहरु क्रमश उमेश केसी, बिष्णु अधिकारी र सन्त बहादुर पाख्रिनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले ईबागलुङलाई जानकारी दिए ।

बागलुङ जिल्लामा रहेको भगवती यातायातका सवारी साधनहरु बिहान बाटै सन्चालनमा आएका छन भने धौलागिरी यातायातले सवारी साधनहरु थन्काएर बन्दलाई समर्थन जनाएको छ । जिल्लाको बुर्तिवाङ र खर्वाङमा यातायात बन्दको प्रभाव देखिएपनि गल्कोट हटिया र कुस्मीसेरामा भने त्यति प्रभाव नरहेको सहकर्मीहरुले बताएका छन् ।

मुलुकका बिभिन्न जिल्लाहरुमा यातायात नचलाएर बन्दलाई समर्थन गर्ने यातायात व्यवसायीहरुलाई नियन्त्रणमा लिन गृह मन्त्री रामबहादुर थापाले प्रहरीलाई निर्देशन दिएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *