Menu

स्वर्गीय प्रधानको स्मृतिमा आदर्शको श्रद्धाञ्जली सभा

बागलुङ, २०७५ बैशाख २१ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. ३ किनाराटोल निवासी संस्थाका शेयर सदस्य कमला प्रधानका श्रीमान शिवकुमार प्रधानको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाले १२ औं पूण्य तिथि पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले ईबागलुङलाई बताईन् । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।

संस्थाका उपाध्यक्ष अञ्जु जिसी, सहसचिव ललिता थापा, सञ्चालक शान्ति श्रेष्ठले स्वर्गीय प्रधानका छोरी श्रीदेवी प्रधानलाई संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय प्रधानले समाज रुपान्तरणमा गरेको योगदानका चर्चा गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन धौलागिरि जागरण दैनिकका संवाददाता सिर्जना पन्तले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *