Menu

आजको तस्वीर : बलेवा बिमान स्थल पुन: गौचरण बन्ने सन्त्रास !

बागलुङ २०७५ बैशाख २१ । बलेवा बिमानस्थलमा बिमान सेवा सन्चालन मेरो पहलमा भएको हो भनेर फेसबुक वाल रंग्याउने र जुँगा मुसार्ने स्वनामधन्य नेताहरु अहिले चाउरिएका छन् । अर्थात बिमान सेवा सन्चालन बारे गफ चुट्न छोडेका छन् ।

बिमान सेवा सन्चालनमा ल्याउने श्रेय आफ्नो नाममा दर्ता गराउन बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलले त रित्तै बिमान उडाउ त्यस्को खर्च नगरपालिकाले ब्यहोर्छ भनेर तम्सुक मात्रै लेखेनन् दुई बिमान कम्पनिलाई दश दशलाख रुपयाँ बिमान सेवा सन्चालन हुनपूर्व नै नगद दान समेत गर्न भ्याए आफ्नै बाबुको सम्पत्ति झैँ ।

बागलुङ म्याग्दी र पर्वत सदरमुकाम देखी गाडीबाट पोखरा साढे २ घण्टामा पुगिने र पोखराबाट काठमाडौ बिमानमा यात्रा गर्दा न्यूनतम रु २२ सय देखी ४२ सय रुपयाँ भाडा लाग्ने तथ्यलाई बिचारै नगरी बलेवा काठमाडौँ यात्रु भाडा रु ६ हजार ५ सयमा सम्झौता गर्नु र पहिले नै बिमान कम्पनिलाई २० लाख रुपयाँ दिनु पछि लुकेको रहस्य अब कोट्टाई रहनु पर्ने अवस्था रहेन भन्ने धेरैको बुझाई छ ।

कायम गरिएको बलेवा काठमाडौँ यात्रु भाडा ३३ प्रतिशत बढी भयो भनेर पहिलो उडानमै व्यापक टीकाटिप्पणी भएको हो र अहिले सम्म त्यसबारे चर्चा भैपनि रहेको छ । नगरप्रमुख पौडेल र दुई बिमान कम्पनि बीच गएिको गैरजिम्मेवारपूर्ण सम्झौता तथा अव्यवहारिक (अबैज्ञानिक) भाडा दरलाई लिएर आम जनमानसमा अहिले पनि तीब्र असन्तोष जारी छ । यसको पछिल्लो उदाहरण एक जना मित्र राजु सुवेदीले ८घण्टा पहिले आफ्नो फेसबुकमा पोष्ट गरेर दिएका छन ।

बलेवा काठमाडौँ बलेवा बिमान सेवा सन्चालनमा आएपछी एक दुई उडान बाहेक सबै उडानहरुमा बागलुङ नगरपालिकाले नपुग यात्रुहरुको लाखौँ रुपया क्षतिपूर्ती तिरिसकेको छ । बेनी र बागलुङबजार देखी बलेवा बिमानस्थल सम्मको कच्ची सडक भएर गाडीमा आउदा लाग्ने समय, दुई अढाई घण्टाको दूरीमा पोखरा बिमानस्थल रहुनु, बलेवा काठमाडौँको यात्रु भाडा महंगो आदि कारणले बिमानमा यात्रागर्न चाहनेहरुको कमी भएपछी पछिल्लो समय बिभिन्न बहानामा बिमान सेवा नै रद्द हुने गरेकोले यात्रुहरुलाई थप मर्का व्यहोर्नु परेको मात्र नभएर बिमान सेवाको निरन्तरामाथि नै प्रश्न उठ्न थालेको छ । बलेवा बिमानस्थल गौचरणमा रुपान्तरित हुने संभावना फेरी बढेर गएको टिप्पणी बाहिर आएका छन् ।

होडबाजीमा गरिएका अदूरदर्शी निर्णयबाट बिमानसेवा सन्चालनमा पर्न गएको दुष्प्रभावलाई निप्ट्याएर बिमान सेवालाई निरन्तरता दिन जिम्मेवार पक्षले पुनराबलोक गर्नु नित्यान्त जरुरी छ । दुई घण्टामा पोखरा पुगेर बिमानबाट तीन चार हजारमा काठमाडौँ पुग्ने सुविधा रहँदा रहदै रु ६५ सय भाडा तिरेर बलेवाबाट काठमाडौँ उडान भर्ने यात्रुहरु कसरी खोज्ने ? यसतर्फ बिचार गरौँ ।

नगर प्रमुख जनकराज पौडेल ।
स्थानीय टेलिभिजनबाट नगरप्रमुख बिमान भाडा समायोजनका लागि काठमाडौ प्रस्थान भनेर समाचार प्रशारण गराएर नौटंकी नगरौँ । नगरबासी लाटा छैनन् । गर्नै नहुने सम्झौता गरेर एकातिर नगरबासीले तिरेको करको रकम बिमान कम्पनीलाई क्षतिपूर्ती दिने अर्कोतिर यात्रुहरुलाई महंगो भाडाको मारमा पार्ने दुस्साहस किमार्थ क्षम्य हुन सक्तैन ।

मित्र राजु सुवेदीले फेसबुकमा पोष्ट गरेको यथार्थलाई बिमानसेवा सन्चालनमा पहल गर्ने हाम्रा माननीय सांसदज्यूहरु बिमान कम्पनिको सबै घाटा व्यहोर्ने बागलुङ नगरपालिकाकाले लिने सम्झौता र कहिँ नभएको महंगो भाडा कायम गर्न सहमति दिने नगर प्रमुखलगायत सबैलै एक पटक पढौँ, कसरी हुन्छ बिमानसेवालाई नियमित सन्चालन गर्न सकिन्छ सोचौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *