Menu

सड्क डिभिजन कार्यालयको ढिलासुस्तीले गल्कोट गौदी खोलाको पुल निर्माण कार्य रोकियो !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख २० । सड्क डिभिजन कार्यालयले पुल निर्माणका लागी प्रयोग गरिने बेरिङ ल्याउने अनुमति नदिँदा गल्कोटमा निर्माणाधीन गौदी खोलाको मोटरेबल पुल निर्माण कार्य रोकिएको छ ।

नयाँ बाटो जुल्मी आचार्य जेबि निर्माण कम्पनीले गत २०७३ साल पुस महिना देखि गल्कोटको हटिया र हरिचौर जोड्ने गौदी खोलाको मोटरेबल पुलको ठेक्का सम्झौता गरि काम अगाडि बढाएको महिना देखि सड्क डिभिजन कार्यालयमा बेरिङको माग गर्दै आईरहेको भए पनि सुनुवाई नभएको उनले आरोप लगाए । निर्माण कम्पनीका सञ्चालक कुमार खड्काले बताए । खड्काले दिएको जानकारी अनुसार गत साढे १ बेरिङ भारतबाट ल्याउनुपर्ने र सडक डिभिजन कार्यालयले अनुमति नदिएसम्म काम अगाडि बढाउन नसकिने उनको भनाई छ ।

अझै करिब १ महिना बेरिङ ल्याउन लाग्ने र बेरिङ ल्याउने सहमति भएको २८ दिनपछि मात्रै निर्माण कार्य सुरु गरिने खड्काले बताए । सड्क डिभिजन कार्यालयको ढिलासुस्तीका कारण निर्माण कार्य सम्पन्न गनुपर्ने समय अवधि सकिएपछि कम्पनीले ६ महिना थप गरेको छ ।

खड्काका अनुसार आगामि माघ महिनासम्म निर्माण कार्य सम्पन्न हुने बताउदै बर्षातको समय भएका कारण अहिले स्ट्रक्चरको काम सक्ने र आगामि मंसिर महिनामा स्लेबको काम गर्ने जानकारी दिए । सडक डिभिजन कार्यालयले ढिलासुस्ती नगर्दिएको भए गत माघ फागुन महिनामा निर्माण कार्य सम्पन्न भईसक्ने खड्काले दाबी थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *