Menu

जनप्रतिनिधीहरु लहडको भरमा नगइ आफ्नो दायित्व बोध गर्न उपप्रमुख भुसालको आग्रह !

‘मेलमिलाप गरौं, बिबाद नबढाऔ’ भन्ने मुलनाराका साथ सामुदायिक मेलमिलाप सम्वन्धी आधारभूत तालिम सुरु !

दिनेश शर्मा, खर्वाङ २०७५ बैशाख १९ । ‘मेलमिलाप गरौं, बिबाद नबढाऔ’ भन्ने मुलनाराका साथ बडीगाड गाउपालिकाको आर्थिक सहयोग तथा बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा सामुदायिक मेलमिलाप सम्वन्धी आधारभूत तालिम आज देखी बडीगाड गाउपालिका खर्वाङमा सुरु भएको छ ।

आठ दिने आधारभूत तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बागलुङ उपप्रमुख विष्णु भुसालले जनताप्रतिको प्रतिबद्धता जनप्रतिनिधिले पूरा गर्न नसके राज्य असफल हुने, कानुनीराज्य सङ्गै सामाजिक न्याय स्थापित नहुने बताए ।

जिसस उपप्रमुख भुसालले जनप्रतिनिधीहरु लहडको भरमा नगइ आफ्नो दायित्व बोध गर्न आग्रह गर्दै जनप्रतिनिधीलाई दम्भ राख्न नहुने र त्यस्तो भए जनताले नछाड्ने समेत सुझाएका थिए।

बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रकी अध्यक्ष बिना थापाको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा गाउपालिका अध्यक्ष मेहरसिँह पाइजा।, उपप्रमुख अम्मर बहादुर श्रीस, १न अध्यक्ष बोम बहादुर थापा, २ न अध्क्ष हिमा खरेल ४ न अध्यक्ष प्रेम गलामी ५ का अर्जुन खरेल ६ का मौसम काजि क्षत्री ८ का यम बहादुर श्रीस, ९ का कृष्ण के सी १० का वीरेन्द्र बुढा कार्यपालिका सदस्य मिना रायमाझी, केशमाया छन्त्याल, सोमन्त सलामी, बडीगाड युवामन्चका अध्यक्ष ढालेन्द्र शेरचन, त्रिभुवन मा बि का प्र अ ढालमणी भन्डारी लगाएतको उपस्थिति रहेको थियो ।

बडीगाड गाउकार्यपालिकाका १८ जना जनप्रतिनिधी र विभिन्न संघ सस्थाका प्रतिनिधि गरि ४० जनालाई तालिम दिने आयोजक सस्था बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रकी अध्यक्ष् बिना थापाले ईबागलुङलाइ बताईन् । तालीमको प्रशिक्षकमा अधिबक्ता ममतादेबी शर्मा र गिता श्रीस रहेको पनि अध्यक्ष थापाले जानकारी दिईन् । कार्यक्रमको सन्चालन संस्थाकी सचिव मायाँ केसीले गरेकी थिईन् ।
***

यसैबीच हिँजो देखी सुरु भएको आधारभूत पत्रकारिता तथा उद्घोषण तालीममा पत्रकार रामबहादुर जीसी र गल्कोट नगरपालिकाका गाउँ शिक्षा अधिकारी प्रकाश ओझाले प्रशिक्षण दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *