Menu

निजी बिद्यालयको व्यापारीकरणले शिक्षा क्षेत्रमा सोंचे जस्तो नतिजा हाँसिल भएन – सापकोटा

रबिना बोहरा, बागलुङ, २०७५ बैशाख १९ । प्रदेश सांसद ईन्द्रलाल सापकोटाले सरकारी विद्यालय प्रतिको नकरात्मक सोचलाई परिवर्तन गर्नका लागि गुणस्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार विद्यामन्दिर माध्यमिक विद्यालयमा बागलुङ नगरपालिका–८ सिगानाका एक विद्यार्थीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद सापकोटाले परिवारको आर्थिक अवस्था कम भएका सिगानाका हरि परियारको माध्यमिक तहको शिक्षा सम्मको खर्च बेहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । उनले परियारलाई कक्षा ६ मा भर्ना गरी विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आगामी दिनमा पनि परियारलाई पढाई खर्च संगै आफ्ना बालबालिका प्रति हुने अभिभावकको भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

सामुदायिक बिद्यालयमा राज्यको ठुलो लगानी रहेको भएपनि निजी बिद्यालयको व्यापारीकरणका कारण शिक्षा क्षेत्रमा सोचेजस्तो नतिजा हाँसिल गर्न नसकेको सापकोटाको भनाई थियो । शिक्षा क्षेत्रमा व्यपारीकरण बढ्दै गएकाले यसको नियन्त्रण र व्यवहारीक शिक्षाको लागि संसद र सरकारमा दबावमुलक कार्यक्रम लिएर जाने बताए ।

सापकोटाले सरकारको अभियान सफल पार्नका लागि हरेक व्यक्तिले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दा नेपालमा विद्यालय बाहिर कोही पनि नहुने बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, शिक्षक गंगा शर्माको स्वागत र शिक्षक छविरमण रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *