Menu

माछा मार्नेक्रममा कालीगण्डकीमा डुबेर मृत्यु !

पर्वत २०७५ बैशाख १९ । जलजला गाउँपालिका–३ लामाखेत थाउने बगरस्थित कालिगण्डकी नदीमा माछा मार्ने क्रममा १६ वर्षिय अमिन पुनको डुबेर मृत्यु भएको छ ।

धौलागिरी गाउँपालिका–४ मुदी घर भई हाल जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्ने कमल पुनको छोरा अमिन पुन नदीमा डुबी बेपत्ता भएकाले खोजी गर्ने क्रममा म्याग्दी बेनी नगरपालिका–१ सारेमारे स्थित कालीगण्डकी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *