Menu

गल्कोट हरिचौर स्थित एकता आमाबिमा भूकम्प मापन यन्त्र ‘सिस्मोमीटर’ जडान !

घनश्याम गौतम गल्कोट २०७५ बैशाख १९ । गल्कोट हरिचौर स्थित एकता आवशीय माध्यमिक बिद्यालयमा भूकम्प मापन यन्त्र सिस्मोमीटर (Seismometer) जडान गरिएको छ । स्विजरल्याण्डको युनिभर्सिटी अफ लुजोनको कार्याक्रम अन्तर्गत सिष्मोलोजी एट स्कुल ईन नेपाल अन्तर्गत उक्त यन्त्र जडान गरिएको हो ।

यस यन्त्रको सहायताले कम्युटरमा भुकम्पको संकेत बेवफर्म २४ घण्टा हेर्न सकिने, कुन ठाउमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो, कति रेक्टर स्केलको भूकम्प गएको हो भन्ने तुरुन्तै जनाकारी लिन सकिने सिमेलोजी एट स्कुल ईन नेपालका प्रतिनिधी शिव सुबेदीले जनाकारी दिए ।
करिब १ लाख मुल्य बराबरको उक्त यन्त्रको माध्यमबाट बिद्यार्थीलाई भुकम्प सम्बन्धी अध्ययन अध्यापन गराउने लक्ष्य सहित उक्त सिष्ममिटर जडान गरिएको एकता आवशीय माध्यमिक बिद्यालयका प्रिन्सिपल जीतमान तामाङंले बताए ।

नेपालको प्रदेश नम्बर ४ र ५ मा गरि बिस जिल्लाका २० स्कृलमा उक्त यन्त्रको जडान गर्ने कार्यक्रम रहेको बताइएको छ । यस पश्चात गोरखाको बारपाकमा उक्त यन्त्र जडान गरिने टिमका प्रतिनिधी सुबेदीले जनाकारि दिए ।

यो यन्त्र निशुल्क रुपमा उपलब्ध गराएको स्विजरल्याण्डको युनिभर्सिटी अफ लुजोन अन्तरगत सिमेलोजी एट स्कुल ईन नेपालले तिन बर्ष सम्म नियमित रुपमा अनुगमन तथा सहकार्य गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *