Menu

सरस्वती प्राथमिक विद्यालय भब्रेटाको २८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ बैशाख १८ । ढोरपाटन नगरपालिकाको वडा नम्बर १ भब्रेटामा रहेको सरस्वती प्राथमिक विद्यालयको २८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । वार्षिक उत्सवको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले गरेका थिए ।

उद्घाटन पछि वोल्दै नगरप्रमुख नेपालीले हरेक क्षेत्रमा शिक्षाको महत्वपुर्ण स्थान रहेको बताउदै आफुले पनि शिक्षालाई प्राथमिकता दिने गरेको बताए । नगरपालिकामा यसै शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरिएको र कम्प्युटर शिक्षालाइ विशेष जोड दिइने नगरप्रमुख नेपालीको भनाई छ ।

आजका वालवालिका भोलिका जिम्मेवार नागरिक भएकोले सुनौलो भविष्यका लागी वालवालिकाको पढाइमा शिक्षक र अभिभावक दुबै जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।

सोही अवसरमा विद्यालयका तर्फबाट नगरप्रमुख नेपाली समक्ष विद्यालयमा रहेका समस्या समाधानका लागी आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाइएको थियो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर चण्डारी इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख कृष्ण राना विभिन्न विद्यालयका प्रधानाध्यापकको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बहादुर रानाको अध्यक्षता नगरप्रमुख नेपालीको प्रमुख आतिथ्यता शिक्षिका माया पाण्डेको स्वागत मन्तव्य र शिक्षक नरिश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *