राष्ट्रिय जनमोर्चाव्दारा निसीमा संगठन निर्माण अभियान सुरु !

डम्बर बुढामगर, बुर्तिवाङ २०७३ फागुन ८ । अक्टोवर क्रान्तिलाई मध्यनजर गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाभर संगठन निर्माण तथा सदस्यता वितरण कार्यलाई तीव्र पारिरहेको छ । यसैबीच शनिबार जिल्लाको निसी गाउँ विकास समितिको वडा नं. १ मा वडा कमिटि गठन भएको छ ।

राष्ट्रिय जनमोर्चा ग्राम समिति निसी तथा जिल्ला कमिटि सदस्यहरुको सक्रियतामा हिजो वडा नं. १ मा उजरसिंह घर्ति मगरको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । जस्को उपाध्यक्षमा देविराम घर्ति मगर, सचिवमा हिटर पुन, कोषाध्यक्षमा छविलाल बुढा सहित अरु सदस्यहरु चयन भएका छन् ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थम्मन बहादुर घर्ति मगर सहित गाउँ कमिटिका चिनबहादुर घर्ति सहितको टोलीले संगठन निर्माणमा जोड दिएको छ । गाउँ विकास समितिका सबै वडामा कमिटि गठन सहित सदस्यता वितरण गरिने कार्यक्रमलाई तीव्र पारिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *