Menu

हटियामा ब्यबसायिक बाख्रापालन सम्बन्धी ३ दिने तालिम सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७५ बैशाख १३ । गल्कोट नगरपालिका पशु सेवा शाखाको आयोजनामा ३ दिने ब्यबसायिक बाख्रापालन सम्बन्धी तालीमे हटियामा सम्पन्न भएको छ ।

गल्कोट नगरपालिकको स्विकृत कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट उत्कृष्ट २ जना कृषक गरि करिब २० जना बाखापालक कृषकलाई तालिम दिइएको पशुसेवा शाखाले जनाएको छ । बैशाख ११ गते नगर प्रमुख भरत शर्माले उद्घाटन गरेको तालिमको आज समापन गरिएको हो । तालिममा ब्यबसायिक बाख्रापालन गर्नुको आवश्यकता, बाखापालनलाई ब्यबसायिककरण गर्ने तरिका, घाँस तथा खोरको ब्यबस्थापन, बाख्राको प्रजाती, बाख्रामा लाग्ने रोग, रोकथामका उपाए एबं रोग लागेमा गरिने उपचार लगाएतका बिषयमा ३ दिन सम्म पशु सेवा शाखा प्रमुख चिन्तामणि गैरे र पशु बिकास अधिकृत रामनारायण श्रेष्ठले सहजिकरण गरेका थिए ।

समापन समारोहको अबसरमा गनपा सामाजिक बिकास समितिका सयोजक हिम बहादुर भण्डारी हेमन्तले गल्कोट नगरपालिकाका कृषकसंग हातेमालो गर्न तयार रहेको बताउदै आफ्नो पसिनाको फल सबैलाई प्रदान गर्ने कृषकहरुले अब ब्यबसायिक रुपमा कृषिमा लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै पशुबिकास अधिकृत रामनारायण श्रेष्ठले तालिममा सिकेका कुरालाई ब्यबहारमा लागु गर्न आग्रह गदैं आफ्नो छरछिमेकमा रहेका कृषकसंग सहकार्य गनुपर्नेमा जोड दिए ।

पशु सेवाशाखा प्रमुख चिन्तामणि गैरेले कृषकलाई कृषिमा आधुनिकिरण तथा ब्यबसायिकरण गर्न उत्प्रेरणा दिनको लागी गनपाले १० बटा बडामा ब्यबसायिक कृषीका कार्यक्रमहरु बाख्रापालन, कुखुरापालन, गाईपालन, तरकारीखेती जस्ता कार्यक्रमलाई सूरुवात गर्ने तयारीमा रहेको जनाकारी दिए ।
गैरेले कृषकलाई स्वाबलम्बी बनाउन नगरपालिका लागी परेको बताउदै अब निर्माण हुने योजनमा कृषकको प्रत्यक्ष सहभागितामा निर्माण गरिने बताए ।

कार्यक्रममा सामुदायिक रेडियो गल्कोटका स्टेशन प्रमुख घनश्याम गौतमले अहिले गल्कोटबाट धेरै युवा तथा कृषकहरु बिदेशिएको अबस्थामा ब्यबसायिक कृषि तथा पशुपालन गर्ने हरेक कृषकले उदाहरणीय रुपमा गर्नुपर्ने आवश्यकता रहेको बताउदै कृषकलाई आफ्नो ब्यबसायीक फर्मबाट जो कसैलाई उत्पेरणाको श्रोत बन्ने गरी ब्यबसायिकरण गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी लक्ष्मी गौतमले तेश्रो दिनको प्रतिबेदन प्रस्तुत गरेको बताईएको छ ।

कार्यक्रममा सहभागीको तर्फबाट पतिराम कडेंल, गुमा कार्कीले धन्यबाद मन्तब्य राखेकी थिईन ।
कार्यक्रम गलकोट नगरपालिका सामाजिक बिकास समितिका सयोजक हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता तथा पशु सेवा शाखा प्रमुख चिन्तामणि गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *