Menu

भण्डारीले दिईन महेन्द्र माबि नरेठाँटीमा अध्ययनरत ७० जना बिद्यार्थीलाई टिफिन सेट !

बालकृण सुवेदी गल्कोट २०७५ बैशाख १३ । न्यू गल्कोट होटल सन्चालिका एवं एमाले नेतृ रत्ना भण्डारीले महेन्द्र माध्यमिक बिद्यालय, नरेठाँटीमा अध्ययनरत बिद्यार्थीहरुलाई टिफिन सेट सहयोग गरेकी छन् । भण्डारीले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत ७० जना विद्यार्थीहरुलाइ टिफिन सेट प्रदान गरेकी हुन् । ३५ हजार मुल्य बराबरको टिफिन विद्यार्थीहरु विहिवार एक कार्यक्रमका विच वितरण गरेकी हुन ।

वितरण कार्यक्रममा बोल्दै सहयोगदाता भण्डारीले साना नानीबाबुहरुको स्वास्थ्यलाई मध्यनजर गरि खाजा ब्यबस्थापनको लागि टिफिन सहयोग गरेको बताईन ।भन्डारीले असाहय विद्यार्थीलाई सहयोग समेत गर्ने प्रतिबद्धताका साथ त्यस्ता विद्यार्थीको तथ्यांक दिन विद्यालयलाई आग्रह गरुकी छन् ।
सबैको सानो सानो सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र ब्यबस्थापनको लागि टेवा पुग्ने भन्दै आफू सक्दो सहयोग गर्नु सबैको कर्तव्य भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुल बहादुर केसीले विद्यालय भौतिक रुपामा सप्पन्न भएकोले अब शैक्षिक विकासमा जोड दिने बताएका थिए ।

कार्यक्रममा शिक्षक गोबिन्द पुनले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रम शिक्षक हिरा श्रीसको स्वागत र दोर्णराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *