आजको तस्वीर : मैलेपनि पढन पाउनु पर्छ…!

पर्वत २०७५ बैशाख १३ । यतिबेला जताततै विद्यालयमा बिद्यार्थी भर्ना अभियान जारी छ । ठुला बडा जनप्रतिनिधीहरु देखी प्रधानमन्त्री सम्मले अभिभावकत्व ग्रहण गर्दै दलित र बिपन्न बिद्यार्थीहरुलाई बिद्यालयमा भर्ना गरिरहेका छन्, महानता प्रकट गरिरहेका छन् । यस्तैमा आजै बैशाख १३ गते आधा घण्टा अघि पर्वत नाङ्लीवाङका एक सामाजिक अभियन्ता सोम जीसीले पर्वत जलजला गाउपालिका-८ नाङ्लीवाङका चार वर्ष पहिले नै बाबु गुमाएका एक बालकको पढाईलाई लिएर ती बालकले भनेको मैलेपनि पढन पाउनु पर्छ भन्ने हृदयपर्शी शव्द सहित ती टुहुरो बालक सन्दिप परियारको तस्वीर आफ्नो फेसबुकमा शेयर गरेका छन् ।

उनले भनेका छन्, ‘जलजला गाउँ पालिका ८ नाग्लिबङका सन्दिप परियार २०६७ सालमा बाबा रत्न बहादुर परियार र आमा मन्जु परियारको कोखबाट जन्मेका सन्दिप अहिले आमाले पनि छाडेर गए पछि उनी बेसाहारा भएका छन ।

उनी एक नाताले काकी पर्नेको घरमा बस्दै आएका छन । अहिले परियार जनजागृती आधारभूत बिद्यालय जलजला-८ नाग्लिबाङमा कक्षा ३ मा अध्ययनरत छन ।

आज सामाजिक अभियन्ता जीसीले, ती बालक पढ्ने बिद्यालयमा पुगी उनलाई भेट्दा ‘म पनि पढ्न चाहन्छु…’ भनेको सुनेर आफु अति मर्माहत भएको उल्लेख गर्दै आफुले धेरै केही गर्न नसके पनि उनलाइ नियमित बिद्यालय आउनको लागि प्रोत्साहन सहित युनिफर्म सिलाइ दिने सम्म प्रतिबद्ध गरेको बताएका छन् ।

जीसीले लेखेका छन्, अहिले दैनिक जसो फलानो जनप्रतिनिधिले फलानो बच्चालाई फलानो स्कुलमा भर्ना गरि दिए भन्ने समाचार सामाजिक सन्जालमा व्यापक चर्चा कमाइ रहेका छन , त्यो पनि आखिर बोर्डिङ पढी रहेका बच्चालाई चर्चा कमाउन सामाजिक सन्जाल फेसबुकमा हाबी बन्न र सबैको बधाइको पात्र बन्न तछाड मछाड छ बास्ताबिक बेसाहारा जस्को बस्नको लागि छाप्रो समेत छैन आफ्ना र आफन्ती भन्ने कोहि छैनन सन्दिप परियार उनलाइ हो साहारा को आबाश्यकता भन्दै जीसीले फेसबुक मार्फत सम्पुर्ण जन प्रतिनिधि, देश बिदेशमा रहनु हुने आफन्त सामाजिक संघ सस्थालाई टुहुरो सन्दिप परियारलाई सडक बालक बन्न नपरोस भन्दै उनको शिक्षाको लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *