Menu

तीन दिन देखि चरम खानेपानीको समस्या झेलिरहेका बुर्तिवाङबासीलाई राहतको खबर !

सुमन सुनार, २०७५ बैशाख १३ । बुर्तिबाङ खोनेपानी उपभोक्ता समितिका अध्यक्ष पुर्ण विश्वकर्माले बुटवलबाट मगाईएको पाईप आज बुर्तिवाङमा आईपुग्ने बताएका छन । उनले आज नै खानेपानीको पाईप मर्मत गरिने र आज देखि नै बजारबासीले खानेपानीको सहज उपभोग गर्न सक्ने जानकारी दिएपछी बिगत तीन दिन देखी चरम खानेपानी समस्या झेलिरहेका बुर्तिवाङबासीलाई राहत मिलेको छ

ढल निर्माणका क्रममा बजारबासीले उपभोग गर्दै आएको खानेपानीको पाईप फुटेपछि सिंगो बजार नै खानेपानीको समस्यामा परेको छ । बुर्तिबाङ बजारको प्रभु बैंकको अगाडि, ढल निर्माणका लागी डोजरको प्रयोग गरि खन्ने क्रममा पानीको पाईप फुटेपछि यस्तो समस्या भएको बुर्तिबाङ खानेपानी उपभोक्ता समितिले जनाएको छ । बुर्तिबाङको छरछरेमा रहेको कोलखोला खानेपानीको मुहान र भुजिखोला चिप्लेनीमा रहेको खानेपानीको मुहानबाट ल्याईएको पानीको पाईप फुटेपछि सिंगो बुर्तिबाङ बजारका करिव १ हजार भन्दा बढि उपभोक्ता खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् । खानेपानी अभाव हुदा बजारका बासिन्दा बुर्तिबाङ बजार आसपासका स्थानमा रहेका खानेपानीको मुहानबाट घण्टौ हिडेर, पानीको लाईन बसेर उपभोग गर्न बाध्य भएका छन् ।

बजारमा नियमित पानी आउँदा समेत प्रयाप्त मात्रामा पानीको उपभोग गर्न नपाएका बजारबासी अहिले पानीको पाईप फुटेपछि झन ठुलो समस्यामा परेका छन् । होटलमा बसेका ग्राहकहरुले पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या हुने गरेको होटल ब्यवसायीहरुले गुनासो छन । साथै बजारका अन्य मानिसहरु बिहान उठेदेखि हात मुख धुन, नुहाउन, लत्ता कपडा धुन, खाना पकाउन समस्यामा परेका छन् ।

पश्चिम बागलुङको दोस्रो ब्यापारिक केन्द्रको रुपमा परिचित बुर्तिबाङ बजारमा दैनिक जसो दर्जनौ सवारी साधन र सयौँ मानिसहरु आवत जावत गर्ने भएपनि खानेपानीको चरम अभावका कारण सास्ती खेप्न बाध्य भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *