Menu

भूकम्प गएको तिन बर्ष पुरा हुँदापनि पुननिर्माण अधुरै, सयौँ लाभग्राही अझै बिचल्लीमा !

घनश्याम गौतम, बागलुङ २०७५ बैशाख १२ । २०७२ साल बैशाख १२ गते आजकै दिन बिनाशकारी भूकम्प गएको आज तिन बर्ष पुरा भएको छ । बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प जाँदा हजारौ मानिसको मृत्यु भएको थियो दशौ हजार मानिस घाईते तथा त्यतिकै सङ्ख्यामा भौतिक संरचनामा क्षति भएको थियो । सरकारले भु्कम्प गए पश्चात राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरेर पुर्ननिर्माणको कामलाई तिब्रता दिएको बताएको भएतापनि तिब्र रुपमा पुर्ननिमाण कार्य सम्पन्न हुन सकेको छैन । यस अघि बागलुङ, म्याग्दी र पर्बतमा पुननिर्माणको कार्यक्रम सञ्चालन गर्ने गरि कार्यालयको ब्यबस्थापन गरिएको भएपनि चैत २० गते प्रधानमन्त्री निवासमा बसेको प्राधिकरणको बैठकको निर्णय अनुसार हरेक जिल्लामा भुकम्प पुननिर्माण प्राधिकरणको स्थापना गरेको छ । बागलुङ जिल्ला पूर्ण रुपमा प्रभाबित २ हजार ३ सय ७५ जना मध्ये तिन बर्षमा २ हजार १ सय १२ जना भुकम्प प्रभाबितले सम्झौता गरेको पुननिर्माण प्राधिकरण बागलुङले जनाएको छ ।

भुकम्प पुननिर्माण प्राधिकरण बागलुङका प्रमुख भुबनेश्वर लामिछानेका अनुसार बागलुङ जिल्लामा पहिलो किस्ता बापतको रकम ५० हजार अहिले सम्म १ हजार ९ सय ९६ जनाले प्राप्त गरेका छन् । पुननिर्माणको कार्य प्रारम्भ गरि घरको ढोका सम्मको काम सम्पन्न गरी दोश्रो किस्ता प्राप्त गर्ने प्राधिकरणले जनाएको छ ।

बागलुङमा अहिले सम्म दोश्रो किस्ता बापत रु १ लाख ५० हजार रुपैया ३६ जनाले प्राप्त गरेका छन् भने ८० जना प्रक्रियामा रहेको लामिछानेले बताए । भुकम्प प्रभाबित २ सय ६३ जनाको कागजी प्रक्रिया नमिलेको, सम्वन्धीत ब्यक्ति उपस्थित नभएको लगाएतका प्रक्रियाले गर्दा सम्झौता नभएको प्राधिकरणले जनाएको छ । लामिछानेले आशिक क्षति भएको ८२ जना मध्ये २२ जनाले सम्झौता गरि ५० हजार रुपैया प्राप्त गरेको जनाकारी दिनुभयो । गलकोट नगरपालिकाको बडा नम्बर १ दुदिलाभाटिमा भुकम्प प्रभाबित २० जना मध्ये १९ जनाले सम्झौता गरि पहिलो किस्ताको रकम प्राप्त गरेका छन् भने १ जनाको सम्झौताको क्रममा रहेको बताईएको छ । गल्कोट नगरपालिका बडा नम्वर २ नरेठाटीमा १३ जना प्रभाबित मध्ये १२ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् भने १ जनाले पहिलो किस्ताको रकम प्राप्त गर्न सकेका छै्रनन् गलकोट नगर वडानम्वर ३ र ४ हटियामा २१ जना प्रभाबित मध्ये २१ जनालेनै पहिलो किस्ताको रकम प्राप्त गरेका छन ।

गल्कोट नगरपालिका वडानम्वर ५ र ६ साबिकको हरिचौरमा ८९ जना प्रभाबित मध्ये ६६ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन । ५ जनाले दोश्रो किस्ता बापतको रकम १ लाख ५० हजार प्राप्त गरेका छन् भने अझै २३ जनाले पहिलो किस्ता बापतको रकम पाउन सकेका छै्रनन् गलकोट नगरपालिका वडानम्वर ७ र ९साबिकका मल्ममा १५ जना भुकम्प प्रभाबित मध्ये १५ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन । १ जनाले दोश्रो किस्ता बापतको रकम १ लाख ५० हजार प्राप्त गरेका छन् । गल्कोट नगरपालिका वडा नम्वर ८ साबिकको काडेबासमा ३ जना भुकम्प प्रभाबित मध्ये ३ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन ।यस्रगरि गल्कोट नगरपालिका वडा नम्वर १० साबिकको पाण्डबखानीमा ९५ जना भुकम्प प्रभाबित मध्ये ६१ जनाको मात्रै सम्झौता भएको छ भने ५७ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन । ३४ जना अझै सम्पर्कमा नआएको पुननिर्माण प्राधिकरणले जनाएको छ । गल्कोट नगरपालिका वडा नम्वर ११ साबिकको रिघामा १ सय ३३ जना भुकम्प प्रभाबित मध्ये १ सय ३३ जनाले नै सम्झौता गरेको १ सय २८ जनाले पहिलो किस्ताको रकम प्राप्त गरेका छन । ५ जनाले दोश्रो किस्ता बापतको १ लाख ५० हजार प्राप्त गरेका छन् भने अझै ५ जनाले पहिलो किस्ता बापतको रकम पाउन सकेका छ्रैनन् ।

भूकम्प गएको ३ बर्ष बितिसक्दा पनि पुननिर्माणको काम सम्पन्न नहुनुले लाभग्राही बढि मर्कामा परेका छन् । भूकम्प प्रभाबित केहीले भने आफै घर पुननिर्माण गरि सकेका छन् । सरकारले लाभग्राहीलाई प्रदान गर्ने ३ लाख लिन प्रक्रिया झन्झटिलो भएको कारणले अन्योल बढेको तथा पुननिर्माण समयमै हुन नसकेकोले राहत पाउन नसकेको सेवाग्राहीको गुनासो छ । सरकारले दिने भनको ३ लाखले मात्रै घर नबन्ने भन्दै रकम अभाब हुने लाभग्राहीको भनाई छ । समयमै भुकम्प प्रभाबितलाई आबास पुननिर्माण गरि सरकारले उपलब्ध गराएको सेवाबाट राहत महशुष गराउन सम्बन्धीत पक्षले समयमै चासो दिनु आवश्यक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *