Menu

आफ्नै दाजुव्दारा वालात्कृत बहिनी आपतमा !

प्रेम सुनार, गुल्मी २०७५ वैशाख १२ । ठिक एक महिना अघि गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु व्दारा वलात्कृत भएकी १६ वर्षिय बहिनी अहिले आपतमा परेकी छन् ।

गत २०७४ चैत १२ गतेको दिउँसो तिन बजेको समयमा आफ्नै घरमा बलात्कृत भएकी उनले दोश्रो दिन आफ्ना जेठा दाजुको सहयोगमा प्रहरीमा आई उजुरी गरेकी थिईन् ।

मुद्दा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्ययन गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ती किशोरीको भनाई छ ।

मुद्दा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो, बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ, अहिले त स्कुल फि समेत बुझाउन नसकेर वसेकी छु, सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्ने भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् ।
निजलाई कडा भन्दा कडा सजाएँको माग गर्दै यहाँका विाभिन्न महिला संगठनहरुले जिल्ला प्रशासनमा डेलिगेशन समेत गएका थिए । वलात्कृत वहिनी त्यस घरकी कान्छी सन्तान हुन् भने बलात्कार गर्ने दाजु माईलो हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *