Menu

मध्यपहाडी लोकमार्गको भिङखाल धाईरीघाटमा ट्याक्सी दुर्घटना, चालक सहित ४ जना घाईते !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख १२ । बडीगाड गाउपालिका ६ भिङखाल बजार नजिकै धाईरीघाटमा ट्याक्सी दुर्घटना भएको छ ।

बुर्तिवाङबाट ग्वालिचौर तर्फ आईरहेको ध १ ज ८०२ नं को ट्याक्सी मध्यपहाडी लोकमार्गको धाईरीघाट देखी २० मिटर तल खेतमा खसेर दुर्घटना हुँदा तीन युवती र चालक सहित ४ जान घाईते भएका छन् । ट्याक्सी पूर्णरुपमा क्षतीग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ग्वालिचौर स्थित भानु माबि परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा दिन आईरहेका तीन परीक्षार्थी (छात्रा) र चालक सहित चार जना घाईतेलाई खार स्थित स्वास्थ्य केन्द्रमा एम्बुलेन्सबाट लगिएको छ ।

घाईते हुनेहरुमा चालक ढोरपाटन नगरपालिका ७ का यम कुमार अदै, परीक्षार्थी ढोनपा ४ की वर्ष १८ की मनिषा पाली, ढोनपा १ की वर्ष १९ की सीता जीसी र ऐ की सुनिता थापा रहेका छन् ।

घाईते छात्राहरु बडीगाड हस्पिटल प्रालि खार बजारमा उपचार हुँदै / तस्वीर- गुन्जन प्रताप सिँह खाल ।
घाईतेहरुको खारबजार स्थित बडीगाड हस्पिटल प्रा लि मा उपचार हुँदै गरेको इलाका प्रहरी कार्यलय भिमगिठेका प्रमुख भोज बहादुर बानियाँले जानकारी दिए ।
हस्पिटल श्रोतका अनुसार घाईतेहरुको अवस्था खतरामुक्त रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *