Menu

कुस्मामा शिक्षाका लागि स्थानिय सरकारको भुमिका विषयक संवाद कार्यक्रम सम्पन्न

निर्मल पौडेल, पर्वत २०७५ वैशाख १२ । शिक्षाका लागि स्थानिय सरकारको भुमिका विषयमा कुस्मा नगरपालिकामा सवै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागितामा संवाद कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कार्यसप्ताह २०१८ को सन्दर्भमा दिगो विकास लक्ष्यमा शिक्षा र कुस्मा नगरपालिका त्यस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतको संयुक्त आयोजनामा कुस्मामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै कुस्मा नगरपालिकाका मेयर रामचनद्र जोशीले दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखेर स्थानीय सरकारहरुले कार्यक्रम निर्माण गर्ने र व्यापक जनसहभागितामा तिनको कार्यान्वयन गर्न आवश्यकता रहेको औंल्याए।

मेयर जोशीले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी संवैधानिकरुपमा नै स्थानीय सरकारको हातमा आएकाले अब स्थानीय सरकारहरुले समन्वयात्मक ढंगले शिक्षाको अधिकारमा सबैको पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने बताए । त्यस्तै उनले दिगो विकासको लक्ष्यलाई कार्यान्वयन गर्न देशले गरेको संकल्पलाई स्थानीय सरकारहरुले पनि साथ दिनुपर्ने कुरामा जोड दिए।

संवाद कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले दिगो विकासको लक्ष्य र दिगो विकास लक्ष्यमा शिक्षा तथा स्थानीय सरकारको भूमिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
पहाडीले दीर्घकालीन शैक्षिक प्रगतिमा यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा उपस्थित वडा अध्यक्ष तथा सदस्यहरुले दिगो विकास लक्ष्यले निर्दिष्ट गरेका विषयहरुलाई आफ्ना योजनाहरुमा समावेश गर्दै कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको सञ्चालन शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतका सचिव यज्ञप्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *