पर्वत महाशिलाको फलामखानी स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा सन्चालन

लक्ष्मण विश्वकर्मा, फलेवास,२०७५ बैशाख १२ । पर्वतको महाशिला गाउपालिकाको वडा ६ फलामखानीमा रहेको फलामखानी स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ ।

मंगलवार गाउँपालिकाले फलामखानी स्वास्थय चौकीमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको हो ।
फलामखानी स्वास्थ्य चौकिको कार्यलयमा आयोजित कार्यक्रममा वोल्दै महाशिला गाउँपालिकाका प्रमुख राजु प्रसाद पौडेलले गाउँपालिका भित्रका हरेक नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत र जिम्मेवारी ढङ्गले प्रस्तुत हुने बताए । स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकारले संबिधानमा नै मैलिक हक अधिकारको ग्यारेन्टी गरेको भन्दै स्वास्थय सेवालाई चुस्त दुरुस्त तरिकाले अगाडी बढाउने उनको भनाई थियो ।

गाउँपालिकाले सवै वडाभित्रका नागरिकहरुलाई कुनै पनि रोग लागेर औषधि खानवाट बञ्चित हुने अवस्थाको सृजना हुन नदिने समेत बताए। यस्तै पौडेलले स्थानिय सरकार प्रत्येक नागरिकको पिर मर्का र उनिहरुको अवस्यकता र चाहना सगँ नजिकवाट परिचित रहेको भन्दै जनताको हरेक कार्यमा सहकार्य गर्दै उनिहरुका समस्या समाधानतर्फ लाग्ने बताए ।

महाशिला गाउँपालिका भित्र रहेका सवै ६ ओटै वडामा २४ घण्टे प्रसुति सेवा सञ्चालन गर्ने अभियान अनुरुप चौथो वडाको रुपमा फलामखानी स्वास्थय चौकीमा उक्त सेवा सञ्चालन गरीएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।

ग्रामिण भेग अन्र्तगत दुर दराजमा रहेका महिलाहरुको स्वास्थय अवस्था सुधार गर्न तथा प्रसुति व्यथा लागेर अकालमा ज्यान गुमाउन नपरोस भनि यो सेवा गाउँपालिकाका सवै वडामा सञ्चालन गर्न लागिएको ठकुरीको भनाई थियो ।

प्रसुति सेवा सञ्चालन गरिए सगैँ उक्त सेवाको लागि आवस्यक दुईजना तालिम प्राप्त डाक्टर र आवस्यक सवै सामाग्री गाउँ पालिकाले उपलब्ध गराएको उनले बताए ।

महाशिला ५ का वडा अध्यक्ष समेत रहेका उचैले स्वास्थय चौकीले औषधि मात्र नभई स्वास्थय सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिए । हरेक नागरिक आफ्नो स्वास्थय प्रति आफै सचेत बन्दै रोग लाग्नु भन्दा पहिले रोग लाग्नै नदिने उपाय तर्फ ध्यान दिन समेत आग्रह गरे। यसै गरी कार्यक्रममा गाउँपालिकाका स्वास्थय महासाखा प्रमुख नरबहादुर बराल, प्राथमिक स्वास्थय चौकी लुङखुका डाक्टर विपिन घिमिरे, मदन आश्रीत मावि फलामखानिका प्रअ खड्क बहादुर क्षेत्री, फलामखानी आधारभुत विध्यालयका प्रअ गोविन्द बहादुर विक, नेकपा एमालेको तर्फवाट बलबहादुर क्षेत्री, माओवादी केन्द्रका क्षेत्र बहादुर क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महाशिला ६ फलामखानीका वडा अध्यक्ष तथा स्वास्थय चौकि व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य फलामखानी स्वस्थय चौकीका प्रमुख डा। जय किशोर पण्डित र कार्यक्रमको सञ्चालन डा। दिनेश राउतले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *