Menu

नेपाल माबि ताराका अध्यक्ष दिवश खत्री बने दुई अनाथको सहारा !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ बैशाख ११ । ताराखोला गाउँपालिका ४ बिसौनाका २ बालक बाबा आमा विहीन बनेका छन् विवेक विक र विनोद विक । उनका बाबा ८ बर्ष पहिले रोजगारीको शिलशिलामा भारत गई घरपरिवारसंग सम्पर्क विहिन भएका हुन । आठ बर्ष वितिसक्दा पनि श्रीमानको कुनै सम्पर्क नपाएपछि श्रीमती पनि १ बर्ष यता घर छोडेर गइन त्यस पछि ती २ नावालक बाबा आमाको आश्रय पाएनन् । उनिहरु आफ्नै माहिलो काकाको संरक्षणमा बस्दै आएका छन् ।

यसरी आफ्नो बाबा आमाको संरक्षण नपाएका बालकलाई ताराखोला गाउपालिका वडा ४ नेपाल माघ्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् माओवादी केन्द्रका युवा नेता दिवश खत्रीको पहलमा १ बालकलाई पुर्ण छात्रवृत्ति र १ बालकलाई दिवस खत्रीले व्यक्तिगत रुपमा बालकको शैक्षिक खर्च कापी किताब कलम विद्यालय पोसाक खर्च १ बर्षको लागि बेहोरी दिने गरि नेपाल माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना गरिदिएको विद्यालयका शिक्षक विवेक परियारले जानकारी दिए।

अध्क्ष खत्री भन्छन् १ बर्ष सम्म तत्कालीन समस्या समधानको लागि आफुले शैक्षिक खर्च व्यवस्था गरिदिने र त्यसपछि घर परिवारको संरक्षणको बलियो बनाईदिन पहल गर्ने बताए । उनले भने आफु विद्यार्थी नेता तथा अध्यक्ष भएकाले ती २ बालकलाई जुनकुनै प्रयासबाट भएपनि शैक्षिक अवसरबाट वन्चित हुन नदिने गरि काम गर्ने बताए । हाल विवेक र बिनोद आफ्नो काकाको घरमा बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *