Menu

साताको तस्वीर : एम्बुलेन्स र भवन पाएपछिको खुसी !

शब्द/चित्र प्रदिप पन्त

बागलुङ २०७५ बैशाख १० । जैमिनी नगरपालिकाको दमेक बनौँका स्थानीयहरु गाउमा एम्बुलेन्स पाएपछि हर्षित बनेका छन । सडक सञ्जाल पुगेपनि बिरामी परेको समयमा सदरमुकाम बागलुङ लगाए पोखरा काठमाण्डौ लैजान नसकेर समस्या झेल्दै आएका स्थानीयलाई एम्बुलेन्स पाएपछि ठुलो राहत मिलेको छ ।
रोजगारीको लागि बिदेश गएका दमेकका बिष्णु सापकोटाको पहलमा जापान स्थित सन वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानो सहितको टोलीले ३५ लाख मुल्यको एम्बुलेन्स गाउ“मा नै लगेर प्रदान गरेको छ । एम्बुलेन्स संचालनको लागि यह“ा स्थित लक्ष्मिनारायण पञ्चदेव मन्दिरलाई जिम्मा दिईएको छ ।

जापानी संस्था सन वल्र्ड भिजनले एम्बुलेन्ससगै दमेक २ बनौँ स्थित सरस्वती आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई मध्यनजर गर्दै ४५ लाख रुपैय“ाको लागतमा अत्याधुनिक भवन समेत निमार्ण गरिदिएको छ । शैक्षिक गुणस्तर विकासको लागि निमार्ण गरिएको भवनको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले उदघाटन पछि बिद्यालयलाई प्रदान गरिएको छ ।

भवन नहुदा अस्थायी रुपमा अध्ययन गराउदै आएको र अहिले नय“ भवन पाएपछि बालबालिकाको पठाईमा सहज हुने बिद्यालयका प्रधानध्यापक छबिलाल सापकोटाले ईबागलुङ लाई बताए ।

रोजगारीको लागि बिदेश गएपनि आफनो देश र ठाउ“को लागि केही लगानी गर्नुपर्छ भन्ने सोचका साथ भवन निमार्ण र एम्बुलेन्सको लागि पहल गरेको जापानमा रहदै आएका बिष्णु सापकोटाले बताए । बिदेशमा रहेकाहरुले आफनो देश र ठाउको लागि यस्ता कार्य गर्नु प्रशंसनीय भएको ईन्जिनियर बिबेक सापकोटाको भनाई छ ।

भवन उदघाटन एवं एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका प्रमुख इन्द्रराज सापकोटा,पुर्व सांसद प्रकाश शर्मा पौडेल,जैमिनी २ का वडा अध्यक्ष लक्ष्मी सापकोटा,शिक्षा विकास तथा समन्य ईकाईका प्रमुख गुरुप्रसाद पौडेल, ,सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामान ,सहयोगदाता बिष्णु सापकोटा,भवन निमार्ण समितिका अध्यक्ष प्रेम सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सरस्वती आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता,प्रअ छविलाल सापकोटाको स्वागत र शिक्षक अग्नीधर सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

* लेखक पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *