साहित्यका अथक साधक शिवकुमार प्रधानको अवसान

बागलुङ २०७५ बैशाख १० । बागलुङका सुपरिचित साहित्यकार शिवकुमार प्रधानको आईतबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । बैशाख ८ गतेमात्र स्थानीय निलगिरी अस्पतालमा आयोजित स्वास्थ्य शिविरमा उनको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

बाल्यकाल देखीकै साहित्यानुरागी प्रधानले ‘मन्जरी’ नामक हस्तलिखित साहित्यिक पत्रिका (बागलुङकै पहिलो) प्रकाशित गरेर साहित्यिक यात्रा प्रारम्भ गरेका थिए । उनले कालिदास रचित ‘मेघदूत’ को नेपाली अनुवाद गरेका छन भने उनका नेपाली, संस्कृत अँग्रेजी भाषामा दर्जन बढी कृतिहरु प्रकाशित भएका छन् । उनको असामयिक निधनबाट साहित्यिक जगतमा अपूरणीय क्षती भएको छ ।

प्रधान बागलुङ ब्यापार संघ (बाउबा संघ) को संस्थापक अध्यक्ष पनि हुन् । उनको जन्म बिक्रम सम्वत १९८२ सालमा भएको थियो ।

तस्वीर- निलगिरी अस्पताल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *