स्थानीय निकायको निर्वाचन नभए नेपालको संविधान संकटमा पर्छ – शेरचन

बागलुङ २०७३ फागुन ७ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद रत्ना शेरचनले स्थानीय निकायको निर्वाचन नभए नेपालको संविधान संकटमा पर्ने बताएकी छिन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको सातौँ अधिवेशनको उद्घाटन गर्दै शेरचनले देशको संक्रमण कालको अन्त्यका लागि निर्वाचन अपरिहार्य रहेको बताई्न् ।

शेरचनले मिश्रित निर्वाचन प्रणाली अबलम्बन गरेकाले अबको निर्वाचनमा महिलाहरुको पनि समान सहभागिता हुनुपर्ने जिकिर गरिन् । देशको राजनितिक स्थीरताको लागी स्थानिय निकायको निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, ज्ञानकुमारी छन्त्याल, चम्पादेविी खड्काले राज्यको हरेक तहका कर्मचारीहरु जनताको सेवा प्रति प्रतिबद्ध रहनुपर्ने बताउदैँ पदिय जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरि, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसे, नेपाली काँग्रेसका महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष तेजप्रसाद न्यूरे, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रामप्रसाद उपाध्याय, राष्ट्रिय कर्मचारी संगठन निजामतिका अध्यक्ष नारायणप्रसाद शर्मा, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम संघका अध्यक्ष देब शर्मा आचार्यको अध्यक्षता, संघका सह–अध्यक्ष दुर्गाप्रसाद शर्माको स्वागत र सचिव आनन्दप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

अधिवेशनले देव शर्मा आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खुल्ला तर्फ देव प्रकाश धिमिरे, महिला उपाध्यक्षमा सुनिता शर्मा, समावेशी उपाध्यक्षमा पहलमान थापा मगर, सचिवमा आनन्द प्रसाद शर्मा, सहसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा सन्तोष शर्मा रहनुभएको छ । सदस्यहरुमा पुर्ण प्रसाद सापकोटा, दिपकराज पन्त, कमल प्रसाद कँडेल, चेतनाथ कट्टेल, यशोदा शर्मा, तारादेवी उपाध्याय शर्मा, ब्रहमानन्द शर्मा र कुम्भराज मल्ल रहनुभएको छ । यसैगरी महाधिवेशन प्रतिनिधीमा अम्बिका सापकोटा, खेम प्रसाद आचार्य, दयाराम शर्मा र महेन्द्र पौडेललाई चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *