Menu

विचार : अनाबश्यक चर्चा बटुल्न शिक्षाको नारा !

लक्ष्मण लक्ष्य

राणाकालीन समयमा सर्ब साधारण जनताका छोरा छोरीलाई पढ़ने बाताबरण थिएन किन की जनताका छोरा छोरी जान्ने बुझ्ने भए भने राणा शासन लाई खतरा हुन्छ। र अहिले पनि ठयाक्कै उस्तै सर्बसाधरण जनताका छोरा छोरीलाई गुणस्तरीय शिक्षा सहजै उपलब्ध छैन र उपलब्ध शिक्षा प्रयोगात्मक छैन जसको उपलब्धिले जीविकोपार्जनमा कुनै मेल राख्दैन।

जस्तो एक समय माओबादीले नि सरकारी पढाईलाई बुर्जुआ शिक्षाको दर्जा दिई सोझा जनताको राम्रै मन जितेको थियो। गाउका सामान्य प्राथमिक तथा माध्यमिक विद्यालयको शैक्षिक स्तर सबैलाई बिदितै छ र यसैलाई मध्यनजर गर्दै निम्न बर्गका जनताहरु पनि आफ्नो कमाई पूर्ण रुपमा आफ्ना कलिला छोरा छोरीको पढ़ाईमा खर्चेको देख्न सकिन्छ। ऊनिहरु जति शुल्क लागोस सरकारी भन्दा प्राइभेट बोर्डिंगहरुमा आफ्ना छोरा छोरी पढाउन चाहन्छन, किन की हुने खानेहरु पनि उनका छोरा छोरीको भविष्य बोर्डिंग स्कूल मै देख्छन र बर्तमान समयमा सरकारी बिद्यालयमा भन्दा राम्रो गुणस्तरीय शिक्षा प्राइभेट बिद्यालयले नै दिएको अत्यधिक देखिीन्छ।

अब यो समयमा सरकार सरकारी बिद्यालयमा भर्ना अभियान चलाएर गाउ गाउँमा ढोल पिटेको देख्दा लाग्छ, सर्बसाधरण जनता तिम्रा छोरा छोरी सरकारी मैं पढाउ बोर्डिंग भनेको हाम्रा र राम्राको लागि मात्र हो। किन की तिम्रा छोरा छोरी जान्ने भए भने हाम्रो छोरा छोरीको स्तर उचों रहन्न। अब सरकारी की बोर्डिंग स्कूललाई सरकारीकरण गरोस या पूर्ण बन्द गरोस निम्न भन्दा निम्न बर्गका बालबालिकालाई पनि समान शिक्षा निशुल्क या सहूलियतमा प्राप्त गर्न सक्ने बाताबरण सिर्जना गरोस। होइन भने शिक्षामा त्यति बेला सम्म स्वतन्त्रता दियोस जति बेला सम्म सर्बसाधरण जनता सरकारी बिद्यालयको शिक्षा देखेर आफै आफ्ना छोरा छोरी भर्ना गर्न सरकारी बिद्यालय प्रति उत्सुक हुन, र त्यों बेला सम्म सरकार शिक्षामा सुधार ल्याओस, शिक्षामा हुने जति पनी भ्रष्टाचार छ त्यसलाई पुर्ण रूपमा कड़ाई गरोस। अनाबस्यक चर्चा बटुल्न शिक्षाको नारा लगाउनु पर्ने केहि आबश्यक देखिदैन । अभिभावक आफै जागरूक छन आफ्ना छोरा छोरीको भबिष्य काहा उज्वल छ उनीहरु त्यसको मूल्य चुकाउन तयार छन । तर छोटा र निम्न आश्वासनले निम्न बर्गीय बालबच्चाहरु सरकारी खेलको अस्वस्थ शिक्षा लिएर भबिष्य निम्न स्तरको श्रमिकको लागि बेच्न नपरोस।

पर्वत, हाल युएई ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *