Menu

आफु सँगै बस्ने साथीको हत्या गरेको अभियोगमा सुनार पक्राउ !

पर्बत, २०७५ बैशाख ९ । सँगै बस्ने साथीको हत्या गरेको अभियोगमा पैयु गाउँपालिका–४ हातेमालो चोक डेरा गरी बस्ने रुपन्देही देवदह नगरपालिका–६ घर भएका मिस्त्री काम गर्ने भिमबहादुर सुनारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सुनारले उनीसँगै बस्ने भारतको महाराजगन्ज घर भएका ३५ वर्षीय सन्तोष साहलाई सामान्य बिवादमा डेरा घरको २ तला माथी छतबाट धकेल्दा जमिनमा खस्न जादाँ गम्भीर घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएकोमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *