Menu

आजको तस्वीर : कठ बिराल !

शब्द/चित्र : बसन्त घर्तीमगर,

तमान २०७५ बैशाख ९ । झट्ट हेर्दा यो तस्बीर गाई बस्तु वा भेँडा बाख्रा वा हाँस कुखुरालाई दाना/चारो खुवाउनका लागि बनाईदै गरेको काठको डुँड जस्तो लाग्छ तर त्यो प्रयोजनका लागि यो डुँड बनाउन लागेको भने होईन । यो मुसा मार्नको लागि बनाईदै गरेको काठको डुँड हो ।

मुसाबाट मुक्ति पाउन गाउँघरमा बिरालो पाल्ने प्रचलन अझै छ । बिरालोले पनि मुसा निप्ट्यान्न भएनन् भने मुसा मार्नको लागि गाउँघरमा खोर बनाएर थाप्ने गरिन्छ ।

बागलुङ र म्याग्दी जिल्लाको सुदूर पश्चिम तिरका मानिसहरुले मुसा मार्नको लागि प्राचीन काल देखी नै काठको डुँड जस्तो साँचो, जस्लाई गाउँघरे भाषामा ‘कठ बिराल’ (काठको बिरालु ?) भनिन्छ, बनाएर मुसालाई साँचोमा पार्दै आएका छन् ।

पछिल्लो समय मुसा मार्नको लागि नयाँ नयाँ सरल प्रविधीको विकास भएपछी गाउँघरमा ‘कठ बिराल. बनाएर मुसा मार्ने प्रचलन लुप्त प्राय: भैसकेको अवस्थामा बागलुङको तमानसंग जोडिएको म्याग्दी जिल्ला मालिका गाउपालिका वडा नं ३ को पात्लेमा एक हप्ता पहिले एक व्यक्ति कठ बिराल साँचो बनाउदै गरेको अवस्थामा भेट्टिए । कठ बिराल बनाउदै गरेका ती व्यक्ति राम्रो संग बोल्न सक्दा रहेनछन्, भनौँ सुस्त मनस्थितिका रहेछन् । उनले यो ‘कठ बिराल’ साँचो बनाउन केहि दिन लाग्ने ईशारा गरे ।

तमानका बाजे बज्यैहरुले अहिले पनि ‘कठ बिराल’ को कुरा गरेको सुनिन्छ, तर यो यहाँ बनाउन छोडि सकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *