Menu

जैमिनी-७ जैदीको रोहटे डाँडामा खानेपानीको समस्या

कमल राना, बागलुङ,२०७५ बैशाख ८ । जैमिनी नगरपालिका वडा न ७ जैदी साबिक वडान ३ रोहटे डाडामा खानेपानीको समस्या प्रबल रूपमा देखा परेको छ । करिब २५ घर धुरी रहेको उक्त टोलमा पिउने पानीको समस्याले गर्दा प्रभाबित क्षेत्रका मानिसहरू आतिएका छन ।

स्थानिय बासिन्दा दल बाहदुर नेपालीले घरबाट करिब २५ मिनेटको बाटो हिडेर आधा घण्टा लाईनमा बसेर पिउने पानी देखि लिएर चैपायाहरूलाई समेत बोकेर पानी खुउान परेको बताए । घर नजिक पानीको सुविधा नभएकोले बिहान भरि पानी बोक्नु पर्दा बिहान अरू काम गर्न समेत नभ्याउदा स्थानिय बासिन्दा दुखी भएका छन ।

पहिले देखि पिउदै आएको पानीको मुहान र नाला समेत २०७२सालमा मोटर बाटो खन्दा पुरिए थियो । मुहान मर्मतको लागि विभिन्न राजनीति दल लगाएत विभिन्न निकायमा कुरा राख्दा आश्वासन मात्र दिलाउने तर मर्मत कार्यमा कसैबाट पहल नहुँदा यो समस्या उब्जिएको हो ।

अहिले उक्त पिउने पानी मर्मतको लागि १५ हजार बजेट परे पनि त्यो सानो बजेटले काम नहुने स्थानियले बताएका छन । जैदीका वडा अध्यक्ष जित बाहदुर रानाले १५ हजारले तत्काल परेको समस्यालाई जति समधान गर्न सकिन्छ त्यति काम गर्ने र अबको आर्थिक बर्षमा विभिन्न निकायबाट बजेट पर्न पहल गरि पानीको मुहान मर्मत गरि उक्त टोलमा पानी ल्याउन प्रयास गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *