Menu

सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र जनता बिचको अन्तरसम्बन्ध नजिक ल्याउछ-गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख ८ । सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र जनता बिचको अन्तरसम्बन्ध नजिक बनाउने गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । गल्कोट नगरपालिकाको आर्थिक सहयोग र गलकोट एफएमको आयोजनामा गलकोट नगरपालिका २ नरेठाटीमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएका हुन् ।

जनप्रतिनिधिहरुले गरेका कामहरु सहि तरिकाले भए नभएको जनताले प्रत्यक्ष रुपमा देख्ने भएकाले कार्यक्रममा जनताले राखेका जिज्ञासा, गुनासोलाई आत्मासात गर्दै आगाडि बढ्न वडा भित्रका जनप्रतिनिधिलाई गैरेले आग्रह गरृे ।

कार्यक्रममा बिशेष गरि नरेठाटी वडा भित्र जालीको सहि तरिकाले प्रयोग नभएको, नरेठाटी बजार जोड्ने पुलको अभाव, वडा बाट बितरण गरेको बिउमा समस्या, नगरपालिका बाट भएका सेवा,सुबिधाका बिषयमा जनतालाई जानकारी कम भएको, महिला सम्बन्धि तालिम प्रभावकारी नभएको, खानेपानीको समस्या लगायतकागुनासो ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानिय तेज कुमारी केसी, शेर बहादुर भण्डारी, मोहन सिह कार्की, बुलबहादुर केसी, होम बहादुर थापा, हर्क कुबर, यमबहादुर बस्नेत, रुद्र श्रीस, टंक पुन, ठक बहादुर कार्की, रामबहादुर कुबर, लिलखत्री, चन्द्रदत्त रेग्मी, होम बहादुर नेपाली, खुमबहादुर पुन लगायतले गुनासो तथा जिज्ञासा ब्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा लाई वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्त, वडा सदस्य घनश्याम कुबर, दुर्गा कुमारी भण्डारी, भक्त घर्ति र वडा सचिव सुवास सुनारले सहजिकरण गरेका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै वडा अध्यक्ष भण्डारीले नरेठाटीमा भएका बिकासका योजना प्रत्येक टोल टोलमा पुगेर योजना संकलन गरेको र प्राथमिकिकरण गरेर काम अगाडि बढाएको बताए । भण्डारीले नरेठाटी बजारमा ढल निकाय लगायतका योजनालाई प्राबिधिक समस्याका कारण अगाडि बढाउन नसकेको बताउदै अन्य योजनाहरुको काम भने तिब्र रुपमा सञ्चालन भईरहेको बताए । जनताका आवश्यकता, चाहना अनुसार रहेर काम गरिरहेको र आफनो कार्यकालमा नरेठाटीलाई पुर्ण सरसफाई युक्त, खानेपानीको सहज पहुचभएको, नरेठाटीको तोरीखोलालाई नमुना बस्तीबनाउने, प्रत्येक टोल टोलमा मोटरबाटोका पहुच, प्रत्येक ब्यक्तिलाई स्वास्थ संख्याको पहुचमा ल्याउने वातारण मिलाउने अध्यक्ष भण्डारीको भनाई छ ।

कार्यक्रममा कार्यक्रमको बारेमा सहकारीका अध्यक्ष गुमानसिह बुढाथोकीले प्रकाश पारेका थिए । कार्यक्रम गल्कोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका अध्यक्ष गुमानसिह बुढाथोकीको अध्यक्षता, वडा सचिव सुवास सुनारको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र गुमानसिह भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *