Menu

बडीगाड गाउपालिकामा अल्पसंख्यकहरुको हकहितका लागि समिति गठन !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख ८ । बडीगाड गाउपालिकामा गाउपालिका स्तरीय अल्पसंख्यकहरुको हकहित र उत्थानका लागि बडीगाड गाउपालिका अल्पसंख्यक समिती गठन भएको छ।

बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाइजा बडीगाड गाउपालिका वडा न ७ का अध्यक्ष्य कृष्ण गुरुङ बडीगाड युवा मन्चका अध्यक्ष्री ढालेन्द्र शेरचन सचिब कृष्ण भट्टराई लगाएतको उपस्थितिमा समिती गठन गरिएको हो ।

छबिलाल छ्न्त्यालको अध्य्क्ष्यतामा ९ सदस्यीय समिती गठन भएको छ । उपाध्यक्षमा खगेन्द्र छन्त्याल, कोषाध्यक्षमा राधिका कुमाल, सचिवमा सूर्यबहादुर छन्त्याल, सहसचिवमा मना राना कुमाल र समितिको सदस्यहरुमा तिलबहादुर छन्त्याल, मनप्रसाद शेरचन, काजिमान शेरचन र पार्वती शेरचन रहेका छन् ।

बडीगाड गाउपालिकामा अल्पसंख्यकहरुको लागि रु ५ लाख बजेट बिनियोजन भएको थियो, सोही बजेट कार्यन्वयनको लागि आज समिती गठन गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *