पुस्तक वितरण गरेर भर्ना अभियान सुरु

सोलिन थापा, कुस्मीसेरा २०७५ बैशाख ७ । बागलुङको दक्षिण भेग जैमिनी नगर पालिका वडा न. ४ सर्कुवामा रहेको जनता माध्यामिक विद्यालयले शुक्रबार देखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चक्रबहादुर थापाले विद्यालयको विकासको लागि वडाले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

थापाले विद्यालय जानबाट कोही बन्चित भए तरुन्त खबर गर्न र विद्यालयमा भर्नाको लागि सहयोग पु¥याउन अनुरोध गरेका थिए ।

कार्यक्रममा वडा सदस्य हिरादेवी शर्मा, विद्यालय वयवस्थापन समितिका सदस्य शान्ती थापा, तोजा क्षेत्री, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराज शर्मा, सदस्य दलबहादुर शाही, लगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमलादेवी चालिसेले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *