Menu

वित्तीय व्यवस्थापन विषयक अभिमुखीकरण गोष्ठि सम्पन्न

सुमन जि.सी. बागलुङ २०७५ बैशाख ७ । महिला हित बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा शुक्रबार बागलुङ बजारमा १ दिने वित्तीय व्यवस्थापन विषयक अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ ।

संस्थाका समति उपसमिति र शेयर सदस्यहरुलाई वित्तीय साक्षरता सम्वन्धमा जानकार गराउने उद्देश्यले आयोजना गरिएको गोष्ठिको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । उद्घाटन पश्चात वोल्दै प्रमुख अतीथि पौडेलले नेपालीहरुमा वित्तीय साक्षरताको कमीका कारणले गर्दा वित्तीय व्यवस्थापन हुन नसकेको बताएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार सकुन्तला शर्मा, गोष्ठिका प्रशिक्षक एव्म सल्लाहाकार ममता शर्मा लगाएतले मन्तव्य रोखेका थिए ।

संस्थाका अध्यक्ष लिला खड्काको अध्यक्षतामा सम्पन्न गोष्ठिमा वित्तीय व्यवस्थापन सम्वन्धमा सहजिकरण सल्लाहाकार शर्माले गरेकी थिईन भने कार्यक्रमको स्वागत कोषाध्यक्ष मनमाया श्रेष्ठ र सञ्चालन सह सचिव पम्फा किसानले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *