बुर्तिबाङ देखि बोबाङ गैरहेको जीप दुर्घटना एक महिला घाईते !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन ७ । बुर्तिबाङ देखि मकै बोकेर बोबाङ तर्फ जाँदै गरेको लु १ ज ५१६ नम्बरको जिप सडकमा पल्टिँदा एक महिला घाईते भएकी छिन् ।

बुर्तिबाङको वडा नँ २ चुरेलाबासमा उकालो चद्ने क्रममा ब्रेक फेल भएर शुक्रवार दिउसो जिप सडकमै पल्टिएको थियो । जिपमा सवार अधिकारीचौर वडा नँ १ का राममया कुवँरको टाउकोमा चोट लागेका कारण बुर्तिबाङ प्राथमिक उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरीएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *