Menu

ढोरपाटन महोत्सव : पुरुष भलिबल खेल प्रतियोगिता सुरु !

दिनेश शर्मा,बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सवमा आयोजित पुरुष भलिबल खेल प्रतियोगिताको फाईनल खेल भरखर सुरु भएको छ । प्रतियोगितामा मणि मुकुन्द सेन क्लब बुटवल (रातो जर्सि) र निसीखोला २ जुग्जा खोला (पहेलो जर्सि)बीच खेल सुरु भएको छ भने तृतीय स्थान यो भन्दा अगाडि नै ढोरपाटन नगरपालिका ३ ले पक्का गरिसकेको छ । खेल प्रतियोगितामा जम्मा ८ टिमले सहभागिता जनाएका थिए ।


फाइनल खेलमा प्रथम रेफ्रीको रुपमा राष्ट्रिय रेफ्री कोपिल जीसी, दोश्रो रेफ्रीको रुपमा रास्ट्रीय रेफ्री महेन्द्र शेरचन रहेको भलिबल खेल सम्योजक गोकुल शेरचनले बताए ।

लोकेन्द्र भन्डारी मणिमुकुन्दका टिम क्याप्टेन रहेका छ्न भने सुनिल कुवर जुग्जाखोलाका टिम क्याप्टेन रहेका छ्न ।

ढोरपाटन न पा मेयर देब कुमार नेपाली बडिगाड गा पा अध्यक्ष्रय मेहरसिङ्ह पाइजा इलाका प्रशासन कार्यलय प्रमुख जनक थापा प्रहरी निरिक्षक कृष्ण राना र आयोजक पदाधिकारी लगाएत बाट फाइनल खेलका खेलाडीहरु सङ्ग परिचय ग्राउन्डमा नै गरिएको थियो ।

अपडेट:
* पहिलो सेट मणिमुकुन्द सेनले २५/१२ ले जितेको छ ।

* मणिमुकुन्दले दोश्रो सेटपनि २५/१८ ले जित्यो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *