धावनमार्गमा विमान चिप्लिएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बन्द !

बागलुङ २०७५ बैशाख ७ । हिँजो राति साढे ९ बजे तिर मलेशीयाको मालिन्डो एयरको बिमानले उडान भर्न लाग्दा धावनमार्गबाट चिप्लिएर उडान भर्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल बन्द गरिएको छ ।

श्रोतका अनुसार बिमानलाई चिप्लिएको ठाउँबाट हटाउने कार्य भैरहेको छ । बिमान धावनमार्गबाट हटाएपछी मात्र बिमान सुचारु हुने बताईएको छ ।

हँजो बलेवा बिमानस्थलमा नेपाली सेनाको ट्रेनिङ भएकोले रद्द गरिएको उडान आज बिहान हुने भनिएपनि त्रिभुवन बिमानस्थल बन्द भएकाले आज बलेवा बिमानस्थलमा उडान नहुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *