तारा गाविस- ७ नाँगीमा रिङ्गरोड विस्तार सुरु !

खगेन्द्र विश्वकर्मा, बागलुङ, २०७३ फागुन ५ । माग ५ जिल्लाको पश्चिम तारा गाविस तारा ७ नाङ्गीमा पुग्ने गरी घुम्टी मोटरबाटो विस्तार गर्न बाटो नापी गरी डोजर लगाई कार्य अगाडी बढाईएको सडक विस्तार समिति तारा ७ का अध्यक्ष नारायण घर्तीले बताए । तारा गाउँ परिषदबाट १ लाख र जिला विकास समिती बागलुङबाट शहिद मार्गकोलागी छुट्याईएको ३ लाख बजेटमा तारा ७ बारदुलेबाट सिरिन डाँडा हुदै नाङगी जुल्फे प्राथामिक विद्यालयको नजिक हुदै खेलमैदान सम्म १ किलो मिटर ५० मिटरबाटो दोजरद्व्दारा खन्न लागेको मोटर बाटो निमार्णका सचिव खिप घर्तीले जानकारी दिए ।

भन्दा पहिले तारा ७ का स्थानीयहरुले आफै चन्दादान गरेर ७ लाखमा करिमेला सिंजालिचोकबाट मपेसको पुल हुदै नाङ्गी खेल मैदान सम्म मोटर बाटो पु¥याएका थिए । त्यहि समयमा बारदुलेका समुदायले आफ्नै थप लगानीमा शाखाबाटो ४ सय मिटर बाटो बनाएका थिए । अहिले कमखोलादेखी खेलमैदान सम्मको बाटो बर्षामा झरिले बाटो खाल्दो पर्ने चिप्लो हुने र हिउदमा तुसारोले बाटो चिम्लने गरेको समस्या भएको थियो । त्यसको विकल्पको रुपमा यो घुम्तीबाटो बनाउन लागेको वडानागरिक मन्च तारा ७ का अध्यक्ष देविलाल घर्तीले बताए । तारा गाविसमा विभिन्न उत्पादनको स्रोत भएकोले गाँउगाँउमा घुम्टि सडक आश्यक छ । आलु ढुवानी,स्लेट ढुङगा ढुवानी, काठ फर्निचर र विभिन्न खाद्यन्न सामाग्री ढुवानीकोलागी मानवीय यातयाको लागी अतिनै महत्वपुर्ण रहेकोले घुम्ती सडक आवश्यक रहेको समतिको भनाई छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *