रामरेखामा ट्याक्टर र मोटर साईकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते !

बागलुङ २०७५ बैशाख ४ । बागलुङ नगरपालिका १ रामरेखामा केहि समय अघी सवा ६ बजेको समयमा ट्याक्टर र मोटरसाईकल ठोक्किदा एक जना गम्भीर घाईते भएका छन् ।

बानपा १ रामरेखा मरेपिपल देखी बाँगेचौर तिर गैरहेको भे १ त ७४६०ं न को ट्याक्टर र बिपरीत दिशाबाट आईरहेको ग १ प २३९० नंको मोटलसाईल एकापसमा ठोकिएर दुर्घटना हुँदा मोटेरसाईकल चालक पर्वत जिल्ला जलजला गाउपालिका नाङलीबाङका वर्ष २५ का अर्जुन रोका गम्भीर घाईते भएका छन् । निजको धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ भने उनको शिर र देब्रे कुममा चोट लागेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पोषक शर्माले जानकारी दिए ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *