तोरीखोलालाई नमुनाबस्ती बनाउने अभियान जारी, १५ लाखको लागतमा सिँढी निर्माण !

गुमानसिँह भण्डारी गल्कोट २०७५ बैशाख ४ । गल्कोटको तोरीखोलालाई नमुना बस्ती निर्माणका लागी पदमार्ग निर्माण गरिएको छ । गल्कोट नगरपालिका २ नरेठाँटीको तोरिखोला बस्तीलाई नमुना बनाउने अभियान अन्तर्गत नगरपालिकाबाट बिनियोजित १५ लाखको बजेट मध्ये करिब ४ लाख बढिको लागतमा पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले बताए । बस्ती वरपरका घोरेटो बाटोलाई फराकिलो बनाएर ढुङ्गा विछ्याई १ सय ४० मिटर पदमार्ग निर्माण गरिएको अध्यक्ष भण्डारीले ईबागलुङलाई जानकारी दिए ।

तोरीखोलाको तल्लो बस्ती देखि डाडाँ गाउँ सम्म जोड्ने पदमार्ग निर्माण सम्पन्न गरिएको वडा सदस्य भक्त बहादुर घर्तिले बताए । साँघुरो र चिप्लो बाटोमा स्थानियहरु लडेर घाइते हुने समस्या रहेकोमा ढुङ्गाको सिँढी निर्माण गरिएकाले अब स्थानिय सँगै नमुना बस्तीका लागी पर्यटकले सहज यात्रा गर्न सक्ने घर्तीको भनाई छ ।

नरेठाँटीको तोरीखोलामा मगरबस्ती रहेको उक्त गाउलाई पाँच बर्ष भित्रनै नगरपालिकामा नमुना उन्मुख गाउँ निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै वडा अध्यक्ष भण्डारीले तोरीखोला गाउका स्थानीयले नमुना गाउँ निर्माणका लागि केहि सुचकहरु तयार पारी अगाडि बढ्नुपर्ने बताए ।

रु १५ लाखको लागतबाट पदमार्ग र मोटरबाटो निर्माण कार्य सम्पन्न भईसकेको वडा कार्यालयले जनाएको छ । त्यस्तै अब नाली कटानको कार्य सम्पन्न हुने अध्यक्ष भण्डारीले बताए ।

नमुना बस्तीका लागी एक घर, एक चर्पी, एक घर, एक प्लाष्टिकको टनेल, प्रत्येक घरमा बिद्युत, प्रत्येक घरमा सञ्चार सामाग्रीे, प्रत्येक घरका बालबालिका विद्यालय पठाउने, घरघरमा कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग व्यवस्थापन गर्ने, प्रत्येक घरका बालबाालिकाले अव उमेर पुगेर मात्र विवाह गर्ने, सम्पूर्ण महिला दिदीबहिनीहरुले महिनामा ४ पटक नियमित जाँच गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने, गाउमा होमस्टे निर्माण गर्ने भण्डारीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *