Menu

कृषकहरुलाई व्यवसायिक बनाउन उपकरण हस्तान्त्रण

निर्मल पौडेल पर्वत २०७५चैत ४ । पर्वतको फलेवास नगरपालिकाले कृषकहरुलाई व्यवसायिक बनाउन कृषिमा आवश्यक उपकरण अनुदानमा वितरण गरेको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत् नगरभित्रका कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेशिन, कुटानी पिसानी मिल, ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित वडा कार्यलयमा आयोजित कार्यक्रममा फलेवास नगरपालिका भित्रका बिभिन्न कृषकहरुलाई हाते ट्याक्टर ११ वटा, कुटानी मेशिन १४ र एउटा घाँस काट्ने मेशिन तिरण गरिएको फलेबास नगरपालिकाका कृषि शाखा प्रमुख नारायण शर्मा पौडेलले जानकारी दिए । कृषकहरुको मागको आधारमा कृषकहरुलाई अनुदानमा सामाग्री वितरण गरिएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *