Menu

बरेङमा गाउपालिकास्तरीय भलिबल खेलाडी छनौट कार्यक्रमको उद्घाटन !

प्रकाश छन्त्याल, बरेङ २०७५ बैशाख ४ । बरेङ गाउपालिका युबा खेलकुद बिकास समिती बरेङ बाग्लुङको गाउपालिका स्तरीय खेलाडी छनोट भालिबल कार्यक्रम आज उद्घाटन भएको छ । बाष्एत्रलमकाृ बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले रिबन काटेर र उपाध्यक्ष दिल कुमारी पुनले खेलाडीलाई बल प्रदान गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
थियो।

कार्यक्रममा बरेङ गाउपालिकाका सम्पुर्ण वडा अध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधिहरु तथा पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बरेङ गाउँपालिकाका ५ वडाका खेलाडीहरुबाट खेलाडी छनौट गरि गाउपालिका स्तरीय खेलाडी छनौट गरि गाउपालिका खेलाडी उत्पादन गरि जिल्ला र प्रदेश सम्म खेलाडीहरुलाई पुर्याउने उदेश्य रहेको बरेङ गाउपालिका युवा खेलकुद बिकास समितिका संयोजक नर बहादुर बिकले बताए । उद्घाटन खेल बरेङ गाउपालिका वडा नं ४ सल्यान र वडा नं ५ सुखौरा बिच भहेको छ भने खेलमा वडा न ५ सुखौरा बिजय भएको छ।

कार्यक्रम खेल संयोजक नर बहादुर बिकको अध्यक्षता बरेङ गाउँ पालिका खेलकुद बिकास समिति सचिब मिलन श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *