यस्तो रह्यो, चर्चित गायक पँगेनीको साँगीतिक प्रस्तुति, पहिले रुवाए त्यसपछी हँसाए र सबैलाई नचाए

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ बैशाख ४ । ढोरपाटन महोत्सव २०७५ को तेश्रो दिन हिँजो सोमबार चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोक गायक कुमार पुन, लोक गायिका तिर्सना घर्तिमगर , लोक गायिका शिलु भट्टराई, लोक तथा आधुनिक गायिका प्रिया भण्डारीको सांगीतिक प्रस्तुती रहेको थियो ।

हिँजोको साँगीतिक कार्यक्रममा लोक गायक र गायिकाहरुको सांगीतिक प्रस्तुति बेजोड थियो । त्यस्मा पनि विशेष चर्चामा रहे लोकदोहोरी गायक बद्रि पँगेनी । उनले प्रस्तुत गरेका मर्मपर्शी गीतहरुले दर्शकहरुलाई धुरुधुरु रुवाएको मात्र नभएर मीठो भाकामा गाएका मुटु छुने गीतहरुले कठोर हृदयवानहरुका आँखा पनि रसाएको देखियो ।

हिँजोको साँगीतिक कार्यक्रममा गोधुली साझ पर्दै जाँदा जब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बहुचर्चित कलाकार पंगेनीको पालो आयो र उनी स्टेजमा चढे तब दर्शक सबैले ….. ससुरालीमा भन्दै चिच्चाउन सुरु गरे, तर गायक पंगेनी भने नेताहरुलाइ केहि भन्नु छ, नेताहरुले पनि सुन्नु पर्छ, ट्वाईलेट जानुछ भनेर निस्किन पाउनु हुन्न ठट्यौली शैलीमा भने ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीलाई सुख दुखको दाजु भन्दै गीत मार्फत झटारो हान्न पनि भ्याए । गायक पंगेनीले जनताको गीत सुरु गरे “लौ न नेताज्यु, बुर्तिबाङमा आउन कहिले काहि, किन नेताज्यु हाम्रो भेट हुन्न पहिलझै” भन्दै गीत सुरु गरे गायक पंगेनीले ।

जनताको गीत जब गाए नेताताहरुको अनुहारमा खासै गम्भीरता आएन तर ताली भने गायकले राम्रै पाए । तेतिन्जेल सम्म दर्शकको खासै उतार चढाव थिएन तर अर्को गीत सुरु गर्नु भन्दा पहिले दर्शकलाई २ भागमा बिभाजन गरे संयोगले आमाको मुख हेर्ने दिन परेको थियो र भने आमाको मुख हेर्ने दिन आज सबै आमालाई मेरो नजरले मेरै आमा जस्तै देखेको छु म आमा प्रति सर्मिर्पत गीत गाउछु भन्दै गीत सुरु गरे “आमा बिदा पाउदिन अहिलेको साल पनि घर आउदिन” यो गीत जब सुरु गरे तब आमाहरुको आँखाबाट आसु बर्षिन सुरु ग-या ।

मान्छेको मन्न हो गीतको भावमा जब डुब्न सुरु हुन्छ तब आफ्नो बाध्यता बिवशता र आफ्नो जीवनलाई सम्झन्छ अनि महसूस गर्छ मान्छे, मानवीय भावना मानवीय समबेदना हामी सबैले महसूस गर्न सक्छौ गायक बद्रि पंगनीले गायको गीतमा धेरै आमाहरुको आँखाबाट आँशुुत खस्योनै स्टेजमै बसिरहेकी ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीकी धर्मपत्नी छेला नेपालीको आँखाबाट आँशुका धारा बगिनै रह्यो यहि हो नेपाली लोकसंगीत अनि गीतको भाव प्रभाव अनि माया…..!

आमा र प्रदेशिएका छोराको बाध्यतामाका शब्दहरुमा समाबेस भएका गीत गाए पछि फेरि बाबाको पनि गीत गाउनु पर्छ भन्दै सुरु गरे “जेठो छेरो काँछ काँछ माइिलो छोरो पुलिसमा भर्तिभाको छ साइलो छोरो अरब तिर कान्छो छोरो कारगिलमा लड्न गाको छ जुन छोराले जेगरेनी मै बुढोको टाउको खाको छ” सुरुमा तेति नाच्न उसाहित भएका युवा युवती पनि तेतिन्जेल सम्म खासै केहि बोल्न सकेनन् ।

जब गायक पंगेनी आफैले अब सबैले आँखाबाट झरेको आँशु पुछ्दै संगै नाँच्न गाउनु पर्छ भन्दै सुरु गरे “तिम्रो साथमा रातो पछेउरी, मलाई चिसो हावाले हानेको खोईत माया गर्न जानेको” यो गीत गाउने बित्तिकै बुर्तिबाङ्का युवायुवती नाच्न सुरुगरे जब साँझ पर्दै गयो तब दर्शकको आर्कषण बढ्दै गयो र गायक पंगेनी लगातार “ससुरालीमा, झुक्यायो खान्न मत पिँडालु, कोक्कायो, मत नेपाली, त्रिशुलीको किनारामा बालुवा चाल्नेहरु जस्ता आधा दर्जन भन्दा धेरै गीत गायर अत्यन्तै राम्रो प्रभाब छोडन् सफल भए पहिलो पटक बुर्तिबाङमा अएका बद्रि पंगेनी ।

पंगेनीले गायको गीतले प्रभाब पारेकै कारण ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले नगद १०, हजार रुपैया सहित आफुले लगाएको माला गायक बद्रि पंगेनीको गलामा लगाइ दिएका थिए । पंगेनीले सो रकम मेरो कला प्रतिभा र नेपाली लोकसंगीत प्रतिको मायाको सम्मान हो भन्दै यो प्राप्त रकमलाई मे संगै पढेको साथीलाई प्यारालाइसिस भएको छ उसको आय अबस्था कम्जोर छ भन्दै उस्लाई सहयोग गर्ने छु भने पछि अझै धेरै बुर्तिबाङ बासीलाई प्रभाब छोड्दै बिदा भए गायक बद्रि पंगेनी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *