भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवासमा आईसीटी ल्याब सञ्चालन !

निर्मल पौडेल, पर्वत फलेवास २०७५ बैशाख ४ । जिल्लाकै पुरानो विद्यालय भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आईसीटी ल्याब सञ्चालनमा आएको छ । विद्यार्थीहरुलाई प्रविधिबाट नजिक गराउन तथा विश्व जगतमा भएका हरेक कुरा ईन्टरनेटको माध्यमबाट पठन पाठन गराउने उद्देश्य सहित आईसिटि ल्याब सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।


क्यान हेल्प नेपालको १० लाख, फलेवास नगरपालिकाको ५ लाख, रोटरी क्लब अफ पर्वतको १ लाख गरी १६ लाख र बाँकी विद्यालयको स्रोतबाट गरी २० लाखको लागतमा स्थापना गरिएको आईसीटी ल्याब सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । आईसीटी ल्याबमा हाल २० वटा ल्यापटप रहेका छन् । विद्यालयका सवै विद्यार्थीहरुलाई नियमित रुपमा प्रविधिको माध्यमवाट प्रयोगात्मक शिक्षा दिईने विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *