Menu

बोहोरागांउमा खानेपानी तथा स्वास्थ्य सरसफाई आयोजनाको संयुक्त उद्घाटन

छविलाल पाण्डे बुर्तिबाङ २०७५ बैशाख ४ । निसीखोला गांउपालिका ३ बोहोरागांउमा ‘बेहोरागांउ सिस्नेरी खानेपानी स्वास्थ्य तथा सरसफाई आयोजनाको संयुक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७२÷ ७३ को कार्यक्रम अन्र्तगत स्वास्थ्यका लागि पानी नेवाको आयोजनामा सञ्चालीत आयोजनाबाट गांउमा पुर्ण खानेपानी तथा स्वास्थ्य सरसफाई युक्त गांउ भएसंगै आयोजनाको जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुंंगानाले उद्घाटन गर्दै बागलुङ जिल्लाको समग्र बिकासका निम्ती सबै प्रकारका आधारभुत बिकास अबको परिबेशमा अनिवार्य रहेको बताए ।

उनले ग्रामिण क्षेत्रमा अझैपनी खानेपान्ी र स्वास्थय सरसफाई जस्ता बिषय पछि परेका कारण अबको समयमा जिल्लाका सबै स्थानीय तहमार्फत नंया योजनाका साथ बिकासलाई प्रथमिकता दिईने बताउदै गांउमा खानेपानीको सेवा सुबिधा पुयाउने संस्था खानेपानीको लागि नेवा संस्थालाई धन्यबाद समेत दिए ।

सो योजनाबाट बोहोरागांउ क्षेत्रका तल्लो र माथिल्लो क्षेत्रमा गरी कुल ३ सय ५० पचास घरदुरीमा स्वस्थ्य खानेपान्ी तथा सरसफाई युतm गांउघोषणा गरीएको थियो ।

गांउदेखि २ किलोमिटर टाढा रहेको मोदी खोला मुहान, ५ सय मिटर टाढा रहेको सिस्नेरी मुहान र डेढ किलोमिटर टाडा रहेको बिरौटा खोला मुल
मार्फत गांउमा पाईको माध्यमबाट खानेपानी ल्याईएको छ ।

उद्घाटन सत्रको कार्यक्रममा बाहोरागांउ खानेपानी तथा सिंचाई आयोजना समितीका अध्यक्ष खिमबिक्रम शाहीको अध्यक्षता रहेको थियो भने कार्यक्रम कसिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *