आजको तस्वीर : हेलिकप्टर चढ्न आठ तला उक्लनु पर्दा …!

बुर्तिवाङ २०७५ बैशाख ३ । बुर्तिवाङमा ‘ढोरपाटन महोत्सव जारी छ । आज तेश्रो दिन बिभिन्न लोक गायक र गायिकाहरुको बेजोड प्रस्तुतिले महोत्सवलाई उचाल्यो भने आज देखि हेलिकप्टरबाट बुर्तिवाङ आसपास र ढोरपाटन उपत्यकाको अवलोकन भ्रमण कार्यक्रम सुरु भएको छ ।’

महोत्सवमा हेलिकप्टरको उडान भाडा बुर्तिवाङ वरपर घुमेको ७ मिनेटको रु ५ हजार र ढोरपाटन १५ मिनेट उडान भरेको रु १० हजार ५ सय तोकिएको छ । आयोजकका अनुसार आज बुर्तिवाङ-ढोरपाटन उडान भर्ने यात्रुहरु २० जना रहेका थिए भने बुर्तिवाङ-आसपास घुम्नेहरुको संख्या १६ थियो । हेलिकप्टरमा उडान भर्नेहरु प्राय: बुढा-पाका देखिन्थे ।

यात्रुहरु हेलिकप्टर चढ्न बुर्तिवाङ बजारकै सबभन्दा अग्लो घरको ८ तला माथी छतमा उक्लनु पर्दा र हेलिकप्टर अवतरण पछी आठ तला तल झर्दा निकै सास्ती महसूस गरेको गुनासो गरेको सुनियो । घरको ८ तला माथी छतमा भन्दा तल भूईँमै हेलिप्याड बनाएर उडाए यात्रुहरुलाई सहज हुने स्थानीयले बताएका छन् । बुढा-पाकालाई हेलिकप्टर चढ्न अरुको बुई चढेर आठ तला उक्लिनु पर्ने अवस्था नआवस भन्नाका खातिर आयोजकले बुद्धि पुयाउनु बेश ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *