स्वर्गिय आमाको स्मृतिमा ६ जना विपन्न विद्यार्थीलाई सहयोग

डम्मर बुढा मगर, बुर्तिवाङ २०७५ बैशाख ३ । निसीखोला गाउँपालिका–५ मसलगाउँका युवा हेम सापकोटाले दुई बिद्यालयका ६ जना गरिब तथा बिपन्न बालबालिकाहरुलाई नगद रु १ हजारका दरले ६ हजार रुपयाँसहयोग गर्ने भएका छन् । आमाको मुख हेर्ने दिन पारेर सापकोटाले सहयोग रकम दिने घोषणा गरेका हुन् ।

उनले आफ्नी आमा स्व मनकला सापकोटाको स्मृतिमा ज्ञानेन्द्र माबि निसी र जन माबि झिम्पाका ३÷३ जना गरिब तथा बिपन्न बालबालिकाहरु छनोट गरी सहयोग रकम हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *