Menu

व्यवसाय दर्ता नगरी कारोबार गरेमा कानूनी कार्बाही हुन सक्ने जैनपाको चेतावनी !

सन्ध्या आचार्य, कुस्मीसेरा, २०७५ बैशाख ३ । जैमिनी नगरपालिकाले ब्यवसायीहरुलाइ ब्यवसाय दर्ता गर्नको लागी आग्रह गर्दै बिना दर्ता कारोबार गरेको पाईएमा ब्यवसाय बन्द गराइ आवश्यक कानुनी कारबाही समेत गरिने चेतावनी दिएको छ ।

जैमिनी नगरपालिका भित्रका दश बटै बडाका सम्बन्धित ब्यवसायीहरुलाइ सम्बन्धित वडा कार्यलयमा गै ब्यवसाय दर्ता गराउन आग्रह गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सुवेदीले जानकारी दिए ।

ब्यवसायका लागी नगर तथा वडाको सहयोग चाहिने भएकाले नगरको सहयोगको लागी भएपनी ब्यवसाय दर्ता गर्न उनको आग्रह थियो ।

बिना दर्ता कारोबार गरेको पाइएमा ब्यवसाय बन्द गराइ आवश्यक कानुनी कारबाही समेत गरिने प्रावधान रहेको सुवेदीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *