Menu

डिभाइज युथ क्लब बडीगाडले नयाँवर्षका अवसरमा आयोजना गरेको कार्यक्रम सम्पन्न !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख २ । द न्यु डिभाइज युथ क्लब बडीगाड ७ टुनिबोटमा आज आइतबार नया बर्षको अवसरमा आयोजना गरिएको बिबिध खेलकुद तथा साङ्स्कृतिक कार्यक्रम सम्पन्न भएका छन । चैत २८ गते देखि सुरु गरिएका कार्यक्रमहरु सात दिन सम्म जारी रहि आज मात्र समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्ण गुरुङले खेलले अनुशासनमा निकै सुधार ल्याउने बताउदै खेलकुद प्रबर्द्धनमा लाग्ने संघ सस्थालाई सहयोग गर्न आफू तयार रहेको बताए।

उक्त कार्यक्रममा खुल्ला पुरुष भलिबल खुल्ला महिला भलिबल रेकर्ड डान्स लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रम हरु रहेका थिए। उक्त कार्यक्रमबाट रु ३२ हजार धनराशी रहेको प्रथम पुरुष भलिबल उपाधी कालिका स्पोर्ट्स क्लब बुर्तिबाङ भब्रेटा हात पार्यो भने महिला भलिबल उपाधी मगर समाज जलजलाले हात पार्यो । रेकर्ड डान्स प्रतियोगितामा भने खार बजार सास्कृतिक समूह बडीगाड ५ प्रथम भएको क्लब सदस्य दुर्गाराज पार्इजाले बताए। पुरुष र महिलाको व्दितिय हुने टिम भने क्रमश आयोजक र प्रतिभा युवा क्लब रणसिम्हकिटेनी रहेका छन । सोही कार्यक्रममा बिजेतालाई पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रमलाई आइतबार वडा अध्यक्ष गुरुङको प्रमुख आतिथ्यता र क्लब अध्यक्ष डिल बहादुर गुरुङको अध्यक्षतामा समापन गरिएको थियो । कार्यक्रम क्लब सदस्य हेम प्रसाद गुरुङ को सन्चालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *