Menu

चर्चित गायिका बिष्णु माझीको लोकदोहोरी गीत ‘पुरानो डायरी’ सार्वजनिक !

कृष्ण हमाल, बागलुङ २०७५ बैशाख २ । चर्चित गायिका बिष्णु माझीको लोकदोहोरी ‘पुरानो डायरी’ युटुब मार्फत सार्बजनिक भएको छ । तेजेश रेग्मीको लय तथा शब्द रहेको निकै मार्मिक गीत सबैको मन छोएको छ । उक्त गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक सरोज रोशन भट्टराईले निर्देशन गरेका छन् ।

सुजन शाहीको सम्पादन गरेको म्युजिक भिडियोलाई हरिश महराले क्यामराले कैद गरेका हुन। नेपालका चर्चित मोडलहरु मेलिना ठकुरी , संचिता गुरुङ , सतिश अधिकारी र तेजेश रेग्मीले जिवन्त अभिनय गरेका छन् ।

काभ्रेस्थलीको रमणीय स्थानहरुमा सुटिङ्ग गरिएको उक्त म्युजिक भिडियो क्घप् क्ष्लतभचतबष्लmभलत ले युबटुबमार्फत बजारमा ल्याएको छ ।

निकै ओजनदार शब्द संकलन तथा अभिनय गरेर बेग्लै पहिचान बताएका तेजेश रेग्मीले यो गीतमा पनि कुनै कमजोरी छोडेका छैनन् । चर्चित मोडल अहिलेको टेलिभिजनको हास्यश्रखलामा निकै ब्यस्त मेलिना ठकुरीको बेजोड अभिनय रहेको छ । मेलिना ठकुरीले अभिनय गरेको सबै म्युजिक भिडियोमा आम दर्शक तथा श्रोताहरुलाई केही फरक स्वाद पस्कने उनको बेग्लै कला छ जुन यो गीतमा पनि देखिएको छ । साथमा रन्जिता गुरुङ , सतिश अधिकारी र तेजेश रेग्मीको अभिनय पनि निकै दमदार रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *