Menu

गुल्मी धुर्कोट रजस्थलकी कुमारी पाण्डे २२ दिन देखी बेपत्ता !

प्रेम सुनार, गुल्मी २०७५ बैशाख २ । विवाह भएको अर्झै एक वर्ष पुगेको छैन । दुबैको एकार्काले अर्काले मन पराएर मागी विवाह भएको थियो गुल्मी धुर्कोट रजस्थल किमुखर्ककी कुमारी पाण्डे खनालको ।

धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोक बरबोटका रामबहादुर खनाल संग गत वर्ष ३१ वर्षको उमेरमा बिवाह भएको थियो । बिवाहको केहि समय पश्चात बिरक्त मुद्रामा देखिदै आएकी कुमारी खनाल गत २२ दिन देखि घरबाट बेपत्ता भएको उनकी फुपु दिदी भगवती पाण्डलेले जानकारी दिईन् ।

उनका श्रीमान पाण्डे संग सम्वन्ध राम्रै रहेको बताईएकी कुमारीलाई धेरै स्थानमा खोजी गर्दा पनि फेला नपरे पछि सञ्चार माध्यमको सहरा लिएको परिवारजन बताउँछन् ।

घर परिवारमा राम्रै छँदाछँदै उनि बेवत्ता हुनुको कारण रहश्यमय रहेको बताईन्छ । उनलाई देख्नु, भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा निम्न नम्वर ९८५७०६१५३० र माथी उल्लेखित ठेगनामा सुचित गरी दिन परिवारजनले अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *